site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन समितिको बैठक आज बस्दै छ ।

बिहान साढे १० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्ने तय छ । बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसद्‌मा प्रस्तुत सरकारको वार्षिक प्रतिवेदन (आ.व. २०७९/०८०)का विषयमा छलफल गरिनेछ ।

राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायनबारे छलफल गर्ने कार्यसूची छ ।

दिउँसो २ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का विषयमा महान्यायाधिवक्तासँग छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बैठक बस्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro