site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभालाई दुई महिना पुग्ने बिजनेस छ : प्रमुख सचेतक लिङ्थेप

विराटनगर । कोसी प्रदेशसभाको हिउँदे अधिवेशन सोमबार सुरु हुँदै छ । अघिल्लो अधिवेशनमा बजेट पारित गर्नेबाहेक खासै बिजनेस नपाएको सभामा योपटक सरकारले घटीमा संशोधनसहित १० वटा विधेयक लैजाँदै छ । 

यही सन्दर्भमा सत्तासीन नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले सदनमा बिजनेसको अभाव नहुने बताएका छन् । 

संसदीय पत्रकार मञ्च कोसी प्रदेशसम्बद्ध पत्रकारसँग विराटनगरमा आइतबार आयोजित अन्तरसंवादमा उनले भने,“संशोधनसहित केही फ्रेस विधेयकहरू समेत सभामा पेस हुँदै छन् । योपटक कम्तीमा दुई महिनासम्म बिजनेस अभाव हुने छैन ।” 

ठूलो दलको हिसाबले एमालेले सदनलाई चुस्त, वैज्ञानिक र वस्तुनिष्ठ ढंगले सञ्चालन गर्न सहयोगी भूमिका खेल्ने उनले बताए । 

सरकार हेरफेर भइरहँदा त्यसको असर प्रदेशसभामा समेत परेको बताउँदै उनले ठूला दल मिलेर अहिले दह्रो सरकार बनेकोले त्यो स्थिर भएर जानेमा आफू ढुक्क रहेको सुनाए । भने,“दलहरूलाई अभिमत दिने जनतालाई समेत यो कुराले विस्तारै विश्वास हुँदै गएको छ ।” 

प्रदेश सरकार गठन भएसँगै दोस्रो कार्यकालमा प्रदेशले सञ्चालन गर्ने विकास निर्माणको तथ्यांक अद्यावधिक गर्ने छुट्टै निकायका लागि आफूहरूले समेत पहल गरेको उनले बताए । 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro