site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निमोनियाको जोखिम कसलाई कति ?

काठमाडौं । निमोनिया ब्याक्टेरिया, भाइरस तथा फंगसका कारण हुने श्वासप्रश्वासम्बन्धी संक्रमण हो । जसले मानिसको एकापट्टी वा दुवैतर्फको फोक्सोमा असर गर्दछ । नेपालको हकमा जाडोयाममा निमोनियाका बिरामी धेरै देखिने गरेको विशेषज्ञहरू बताउँछन्, यद्यपि जाडोबाहेक पनि यसका कारकतत्व धेरै छन् ।

जोन्स् हप्किन्स युनिभर्सिटी यूएसएका अनुसार ३० भन्दा बढी कारणले निमोनिया संक्रमण गराउनसक्छ । हावामा भएका जीवाणुहरू श्वासप्रश्वास हुँदै फोक्सोसम्म पुग्ने, फोक्सोको भित्तामा आक्रमण गर्ने र त्यहाँ तरल पदार्थ जम्मा हुन पुग्ने गर्छ, यही अवस्था निमोनिया हो । बालबालिकालाई  नाक र घाँटीमा हुने संक्रमणको जीवाणु फोक्सोसम्म पुगेर निमोनिया गराउनसक्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित बालबालिकाबाट खोकी, हाछ्युँ, थुक र सिँगानको माध्यमबाट अन्यमा निमोनिया सर्नसक्छ । निमोनिया भएका बालबालिकामा ज्वरो आउने, शरीरमा काँढा उम्रिने, कम्पन आउने, छिटोछिटो सास फेर्नेजस्ता लक्षण देखिन्छन् ।

त्यस्तै, सास फेर्दा असामान्य आवाज आउने, कोखा हान्ने आमाको दूध र अन्य झोल पदार्थ राम्रोसँग चुस्न नसक्ने, धेरै सुतिरहने ब्युँझाउन गाह्रो हुने, नाकबाट सिँगान बगिरहने, खोकी लाग्ने जस्ता पनि बालबालिकामा हुने निमोनियाका लक्षण हुन् ।

निमोनिया भएका बालबालिकामा झाडापखाला, औलो, कुपोषणजस्ता अन्य समस्या पनि देखिन सक्छन् । यदि बालबालिकामा यस्ता कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिने वा नजिकैको स्वास्थ्य संस्था लैजानुपर्दछ ।

निमोनियाको जोखिम कसलाई कति ?
अधिकांशमा भाइरल संक्रमणपछि निमोनिया भएका विभिन्न अध्ययनहरूले देखाएका छन् । यसबाहेक ब्रोङ्काइटीस्को संक्रमणपछि पनि निमायेनिया भएको पाइन्छ । जोन्स् हप्किन्स युनिभर्सिटी यूएसएका अनुसार ब्याक्टेरियाका कारण हुने ब्याक्टेरियल निमोनिया सबैभन्दा (कमन) धेरैमा हुने गर्छ ।  

यसले रोग प्रतिरोधी क्षमता कमजोर भएका, दीर्घरोगी, वृद्धवृद्धा, कुपोषण भएका व्यक्तिमा छिटो आक्रमण गर्छ । यस्तै, मदिरा सेवन र धूमपान गर्ने तथा भर्खरै शल्यक्रिया गरेका व्यक्तिमा जोखिम बढी हुन्छ । तर, यसले सबै उमेर समूहमा हुने जोखिम भने हुन्छ । भाइरल निमोनिया विभिन्न प्रकारका भाइरसको कारण हुन्छ । फ्लुका कारण समेत हुने यो प्रकारको निमोनिया एकतिहाइ निमोनियाको कारक हो ।

माइकोप्लाज्मा निमोनिया कम सिकिस्त बनाउने खालको र केही फरक लक्षणसहितको हुन्छ । ब्याक्टेरियाकै कारण हुने यस प्रकारको नियमोनियाले सबै उमेर समूहमा आक्रमण गर्नसक्छ ।

निमोनियाको जोखिम समूहमा विशेषगरी दुई वर्षभन्दा कम र ६५ भन्दा बढी उमेर भएका व्यक्ति भएको युनिभर्सिटीको अध्ययनले देखाएको छ । यसबाहेक धूमपान गर्ने व्यक्तिमा पनि निमोनियाको अधिक जोखिम हुन्छ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro