site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बस्ने भयो सार्वजनिक लेखा समितिको बैठक, नियमित होला ?

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको बैठक बोलाइएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक डाकेका हुन् ।

मंगलबारको बैठकका लागि ‘समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने’ कार्यसूची तय भएको छ । समितिका सचिव एकराम गिरीका अनुसार, पछिल्लो समय सिमेन्टमा कार्टलिङ र पशुपतिमा मान्छे जलाउने पैसा नपाएको सहितका उजुरी समितिमा आएका छन् ।

यसअघि, समितिको बैठक चार महिनापछि गएको पुस ८ गते बसेको थियो । त्यसअघि, ०८१ भदौ ९ गते बसेको बैठकमा विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा छलफल भएको थियो । समितिका सभापति पोखरेल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २२ अर्ब बक्यौतामा आठ अर्बको मात्र बिल जारी गरेको भन्दै कारबाही सिफारिस गर्ने पक्षमा उभिएका थिए । नेकपा (माओवादी केन्द्र)का सांसदहरूले घिसिङले ठिक काम गरेको भन्दै बचाउ गरेका थिए ।

सभापतिले एकतर्फीरूपमा निर्णय सुनाउँदै घिसिङलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिर्नेशन दिने प्रस्ताव राखेपछि सत्तारूढ नेपाली कांग्रेस नै निर्णयको विरुद्धमा उभिएको थियो । त्यही कारण सभापति पोखरेल निर्णयमा रोकिन पुगेका थिए । त्यसपछि बैठक नै बोलाउन छाडेका पोखरेल आफैँ विवादमा तानिएका थिए ।

उनकी श्रीमती अञ्जला कोइराला सहकारी ठगीको विवादमा तानिएपछि श्रीमतीसँगै उनी पनि विवादित भएका थिए । लगत्तै उनका स्वकीय सचिव एमबीबीएस पढाइदिने भन्दै ३८ लाख रुपैयाँ उठाएको विवादमा पक्राउ परेपछि सभापिति पोखरेल माथि थप प्रश्न उठेको छ ।

संसद्‌मा सरकारको बेरुजुसहितका विषयमा प्रश्न उठाउने समिति सभापतिमा सरकारको नेतृत्व गरिरहेको दलका सांसद सभापति रहँदा यसै पनि प्रश्न उठिरहेको अवस्था छ । यस्तो बेला समितिको बैठक नै कम बस्दा संसद्को कार्यकारीका विषयमा, निगरानीको भूमिका नै कमजोर बनेको भन्दै प्रश्न उठिरहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro