site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानका खडेरी पीडितलाई राष्ट्रसंघको सहयोग
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानमा खडेरीबाट पीडित नागरिकलाई संयुक्त राष्ट्रसंघले तीन करोड ४० लाख अमेरिकी डलरभन्दा बढीको आर्थिक सहायता दिने भएको छ । 

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संस्था ओसिएचएले अफगानिस्तानमा सुख्खा मौसमका कारण उत्पन्न खाद्य सङ्टको समाधानका लागि सो रकम उपलब्ध गराउने भएको बताइएको छ । 

राष्ट्रसंघमा रहेको अफगानिस्तान मानवीय सहायता कोषबाट उक्त रकम प्रदान गर्न लागिएको राष्ट्रसंघीय कार्यालयद्वारा बुधबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो रकम सुख्खा पीडित करिब २२ लाख अफगान नागरिकलाई खाद्यान्न किन्न प्रयोग गरिने आर्थिक सहयोगस्वरुप प्रदान गर्न लागिएको समाचारमा जनाइएको छ । 

यो रकम ती नागरिकलाई प्रत्यक्षरुपमा दिने नभई अफगानिस्तानमा मानवीय सहायताका क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी गरी करिब २२ ओटा गैरसरकारी संस्थालाई उपलब्ध गराइने र ती संस्थाले खाद्यान्न किनेर खडेरी पीडित ती नागरिकलाई वितरण गर्ने कार्यक्रम रहेको राष्ट्रसंघले जनाएको छ । 

Global Ime bank

यस रकममार्फत सुख्खा प्रभावित नागरिकलाई आकस्मिक रुपमा खाद्यान्न सहयोग गर्ने, प्राथमिक स्वास्थ्य चौकीको निर्माण गर्ने, खानेपानी र चर्पीको व्यवस्था गर्ने र किसानहरूलाई उनीहरूले पालेका पशुको संरक्षणका लागि सहयोग गर्ने योजना रहेको राष्ट्रसंघ जानकारी दिएको छ । 

अफगानिस्तानमा यस वर्ष खडेरीको निकै ठूलो प्रकोप देखा परेको छ । अफगान अधिकारीहरूले दिएको जानकारीअनुसार अफगानिस्तानका ३४ ओटा प्रान्तमध्ये हाल कम्तीमा पनि २० ओटा प्रान्त खडेरीको चपेटामा परेका छन् । 

खडेरीको यो अवस्थाका कारण यसै वर्षको अन्त्यसम्ममा कम्तीमा पनि ३० लाख नागरिकलाई खाद्यान्नको खाँचो रहेको अधिकारीहरूको भनाई छ । 

देशको पश्चिमी र उत्तरी भूभागका नागरिक बढी मात्रामा खडेरीको चपेटामा परेका छन् । ती क्षेत्रका शहर तथा धेरैजसो गाउँघरकै नागरिकले आफूहरूले जीवनमा यतिठूलो खडेरीको समस्या कहिल्यै नभोगेको जनाएका छन् । 

अफगानिस्तानका उत्तरी भूभागमा यसअघि पनि खडेरी पर्ने गरेको अधिकारीहरू बताउँछन् तर पनि यस पटकको जस्तो लामो समयसम्म भने यसअघि कहिल्यै खडेरी परेको आफूहरूले अनुभव नगरेको स्थानीय नागरिक बताउँछन् । 

लामो समयदेखि पानी नपर्दा देशको ग्रामीण क्षेत्रमा हिँउदे या वर्षे कुनै पनि खेती गर्न पनि नसकिएको उनीहरूको भनाइ छ ।रासस÷सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC