site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विमानस्थलमा रोकिएका लेनिनको गुनासो– कोही पनि मैले हो भन्दैनन् 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । तत्कालीन माओवादीका पूर्व बालसैनिक लेनिन बिष्टले आफूलाई विदेश भ्रमणमा जान रोकेको विषयमा सरकारी निकायले अझैपनि प्रष्ट जवाफ नदिएको बताएका छन् । ‘‘एउटाले अर्कोलाई दोष दिन्छन्, किन भन्ने कुरा अझै खुलाइएको छैन,’’ दसैं मनाउन सोमबार काभ्रे जान लागेका उनले बाह्रखरीसँग कुरा गर्दै भने, ‘‘कोही पनि मैले होइन भन्छन् । सायद अन्तिममा अध्यागमनका कर्मचारीले भनेर दोष दिएर पन्छिन बेर छैन । ’’
लेनिन गएको भदौ ८ गते एउटा कार्यक्रममा भाग लिन थाइल्याण्डको बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएका थिए । त्यसको विरुद्धमा उनले गएको भदौ १५ गते सर्वोच्च अदालतमा रिट हालेकोमा त्यसबारेमा पेशी आगामी पुस ५ गतेका लागि तोकिएको उनले जनाए ।
उनको मामिलालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसँग जवाफ मागसमेत गरेका थिए । जवाफमा बिष्टले रकम हिनामिना गरेकोे आरोप लगाइएको जनाइएको थियो । 
विष्टले बाह्रखरीसँग भने, ‘‘यदि मैले हिनामिना गरेको भए मलाई कारवाही गरुन् । अख्तियार छ, उसले पनि कारवाही गरोस् । हुँदै नभएको आरोप लगाउन पाइँदैन ।’’
भदौ ८ गतेको घटनापछि सरकारी निकायसँग आफूले कुरा गर्न नपाएको भएपनि काठमाडौंथित विभिन्न दूतावासले भने आफूलाई भेट्न बोलाएको र संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले पनि आफूसँग छलफल गरेको उनले बताए । 
उनले हालै ऊर्जामन्त्री वर्षमान पुनसँग भेट्दा उनले गृहमन्त्रीले त्यस्तो काम नगरेको तर कुनै कर्मचारीले रिस पोखेको हुन सक्ने बताएको जनाए । ‘‘तर, मैले कसैले रिस पोख्नुपर्ने केही गरेको छैन,’’ उनले भने, ‘‘मैले बाहिर गएर बोल्दा पोल खोल्छ भनेर त्यसो गरिएको होला ।’’
यसबीचमा आफूले गृह मन्त्रालयमा गएर गृहमन्त्रीसहित केही कर्मचारीलाई गुलाबको फूलको बुके दिएर आएको बताउँदै  उनले भने, ‘‘म एउटा नागरिकलाई विदेश जानबाट रोकेर ठूलो काम गर्नुभएको छ । तपाईंहरुलाई धन्यवाद छ भनेर मैले बुके दिएर आएको छु । मलाई संसारभर चर्चित बनाइदिनुभयो । धन्यवाद भनेको छु’’, केही दिन अघिमात्रै आफूले गृह मन्त्रालयमा फूलको बुके व्यङ्गयात्मक रुपमा छोडेर आएको उनले बताए ।
अब सर्वोच्च अदालतले नै आफूलाई विमानस्थलबाट रोकिएको प्रसंगमा टुंगो लगाउने आशा गरेको उनले बताए ।

तस्बिर : लेनिनकै फेसबुक
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC