site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वृद्धाआश्रम निर्माणलाई प्रोत्साहन नगर्ने मेयर शाक्यको प्रतिवद्धता
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा वृद्धाआश्रम निर्माणलाई प्रोत्सहान नगर्ने दृढता व्यक्त गरेका छन् । 

आसन्न चाडपर्वका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै मेयर शाक्यले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

“कुनै पनि सन्तानले मैले बाबु–आमा पालेको छु होइन म बाबु–आमासँगै बस्न पाएको छु भनेर गर्व गर्न सक्नुपर्छ,” मेयर शाक्यले भने, “वृद्धवृद्धालाई समाजका सबै वर्ग र समुदायले सहयोग गर्नुपर्छ । उनीहरूलाई वृद्धाश्रममा पुर्‍याएर अलपत्र पार्नु हुँदैन । यसैले वृद्धाआश्रम निर्माण गर्न इच्छुक कुनै पनि संघ, संस्थालाई प्रत्सहान नगर्ने पक्षमा म छु । महानगरपालिकाले पनि वृद्धाआश्रम निर्माणको कुनै योजना बनाएको छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

वृद्धवृद्धालाई सहयोग रकम उपलब्ध गराउँदै आएको काठमाडौं महानगरपालिकाले चालु आर्थिकवर्षबाट उनीहरुको उमेरहद घटाएर पुरुषका हकमा ८० वर्ष र महिलाका हकमा ७५ वर्ष कायम गरी बार्षिक १३ हजार रुपैयाँ उपलब्ध गराइँदै आएको पनि मेयर शाक्यले जानकारी दिए ।

“कहिले काम गर्दागर्दै पनि गलत सुचनाका कारण आलोचित भइदोरहेछ । वृद्धवृद्धा, महिला र बालबालिकालाई विशेष ध्यान दिँदै ३२ वटै वडा कार्यालयहरुमा १८ प्रकारका औषधी निः शु्ल्क वितरण योजनालाई मैले कडाइका साथ कार्यान्वयन गरिरहेको छु । महानगरपालिकाका कमजोरीमात्र होइन सफलताहरुलाई पनि सञ्चारमाध्यमले उजागर गरिदिनुपर्‍यो ।”

Global Ime bank

२०७२ वैशाखको भूकम्पले सुन्धारास्थित वागदरबारमा क्षति पुगेपछि हाल काठमाडौं महानगरपालिकाका कार्यालयहरु विभिन्न ६ भवनमा बस्दा सेवाग्राहीलाई महानगरपालिकाबाट उपलब्ध सेवा लिन अफ्ट्यारो भइरहेको पनि मेयर शाक्यले बताए ।

“६ वटा भवनबाट सेवा दिँदा एकातिर सेवाग्रहीलाई अफ्ट्यारो भइरहेको छ भने घरभाडामै लाखौं रकम खर्च भइरहेको छ,” मेयर शाक्यले भने, “अब हामी बागदरबास्थित हरिभवन भत्काएर नयाँ भवन निर्माण गर्ने योजनामा छौं ।”

महानगरबासीको तथ्याङ्क सङ्कलन अन्योलमा
महानगरपालिकाले आफ्नो क्षेत्रमा बसोबास गरेका सम्पूर्ण नागरिकको व्यक्तिगत तथ्याङ्क सङ्कलन गर्ने योजना पटक–पटक सुनाउँदै आए पनि यस विषयमा आवश्यक काम गर्न सकेको छैन । 

कोठा भाडामा बसेकाप्रति घरभेटीको अविश्वास रहेका र उनीहरुले गरेका गलत कार्यमा आफू पनि मुसिने डरले अधिकांश घरभेटीबाट कोठामा बस्नेहरूको तथ्याङ्क लिन गाह्रो भएको शाक्यले बताए । 

“केही समयअघि नेपाल प्रहरीले अपराधिक क्रियाकलाप नियन्त्रणका लागि यस्तो योजना ल्याएको हो । यसका महानगरपालिकाले आवश्यक समन्यव गरेर अब चाँडै नै महानगरबासीको विवरण र तथ्याङ्क सङ्कलन कार्यलाई कार्यान्वयन गरी काठमाडौं महानगरपालिकामा नागरिकको बसोबासलाई सहज र व्यवस्थित बनाउनेमा म प्रतिवद्ध छु ।”

उक्त कार्यक्रममा मेयर शाक्यलाई महानगरपालिकाको सूचना दिने संयन्त्रलाई चुस्त, पारदर्शी बनाउन र सम्पन्न, निर्माणधीन र आगामी योजनाबारे खुलेर बोल्न पत्रकारहरुले सुझाव दिएका थिए । 
  

 
  
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC