site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घोष्ट राइटिङले ल्यायो पहिलो महिला सीडीओको पुस्तक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । उषा नेपालद्वारा लिखित पुस्तक ‘पहिलो महिला सीडीओ’ बजारमा आएको छ । नेपालको पहिलो महिला सीडीओ नेपालद्वारा लिखित यो पुस्तक आत्मवृतान्त हो । 
शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्व गृहमन्त्री योगप्रसाद उपाध्य, पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी, पूर्व राजदूत कमल कोइराला तथा समाजसेवी शान्ति घिमिरेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।

पुस्तकबारे बोल्दै शताब्दी पुरुष सत्यमोहन जोशीले लेखक निडर र साहसको प्रतीकका रुपमा तत्कालिन अवस्थामा चिरपरिचित अनुहार रहेको र वर्तमान समयमा बजारमा आएको पुस्तकले नेपाली समाजको तत्कालिन समयमा महिलाले भोग्नुपरेको समस्याको चित्रण, उल्झन गर्दै सफलताको पाठ पढाउने बताए । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीले घोष्ट राइटिङ नेपालले केही समय अघिमात्र आफ्नो पुुस्तक संसददेखि संविधानसम्म ल्याएको स्मरण गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्व गृहमन्त्री योगप्रसाद उपाध्यायले आफूले महिलालाई नभएर काबिल मान्छेलाई सीडीओ बनाएकोमा सरकारी भान्जीको उपाधि पाएको बताए । पूर्व राजदूत कमल कोइरालाले पुस्तकले नेपाली समाजको नेपाली महिलाको लागि प्रेरणा दिएको बताए । समाजसेवी शान्ति घिमिरेले उषाको जीवनबाट नेपाली महिलाले संघर्षको पाठ सिक्ने दस्तावेजको रुपमा पुस्तक आएको बताइन् । 

घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले नेपाली समाजको इतिहास बनाउन आफूहरुले हरेक व्यक्तिको किताब तयार गरिरहेको र त्यो साना– ठूलो समाजको पहिलो दोस्रो नभनी अगाडि बढिरहेकोमा उषा नेपालको पुस्तकले नेपाली समाजको महिला मनोविज्ञान उच्च पार्ने बताए । 

Global Ime bank

लेखक उषा नेपालले आफू एकल महिला भएको र त्यो १३ दिनको किरिया बस्दा र सेतो कपडा लगाउँदा फिल नहुने तर समाजले र घरले विधवाको व्यवहार गर्दै गएपछि फिल हुने बताउँदै पढाइले मात्र नेपाली महिला अगाडि जान सक्ने बताइन् । 

पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC