site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ०७३/०७४ का लागि ल्याएको बजेट व्यवस्थापिका संसदबाट अस्वीकृत भएको छ ।  
खर्च गर्ने विद्येयकलाई संसद्ले पारित गरे पनि शुक्रबारको बैठकमा आर्थिक र राष्ट्र ऋण उठाउने विद्येयक वहुमतले अस्वीकार गरेपछि बजेट कार्यन्वयन नहुने निश्चित भएको हो । बजेट संसद्बाट अस्वीकृत हुनुका साथै अविश्वासको प्रस्ताव पनि संसदबाट पारित भएपछि केपी ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । संभवत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्ने नयाँ सरकारले यही बजेटमा सामान्य परिमार्जन गरेर ल्याउने छ वा नयाँ बजेट ल्याउने हो भन्ने अनिश्चित छ, नयाँ सरकार गठनपछि मात्र स्पष्ट हुने छ । विद्येयक अस्वीकृत भएकाले सरकारले राजश्व संकलन र ऋण उठाउन नपाउने भएको छ ।  
नेपालको दुई दशक लामो संसदीय व्यवस्थामा खर्च विद्येयक पारित भएर आर्थिक  ऋण उठाउने तथा जमानत विद्येयक संसदले अस्वीकार गरेको यो पहिलो घटना हो । अर्को बजेट कार्यन्वयन नहुन्जेलसम्म खर्च गर्ने बाटो खुला छ । यही बजेटलाई हुबहु वा नयाँ बजेट ल्याउने हो यो अर्को सरकार गठनपछि मात्र थाहा हुनेछ । तर बजेटका ३ महत्वपूर्ण पक्ष मध्ये खर्च गर्ने बाहेक आर्थिक र ऋण उठाउने विद्येयकलाई संसदले अस्वीकार गरेको छ । 
बजेट असफल भएपछि नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको संयुक्त सरकारले ल्याएको खर्च गर्ने विद्येयक बाहेक अन्य काम गर्न पाउने छैन् । खर्च गर्ने विद्येयकलाई व्यवस्थापिका संसद् पारित गरिसकेको छ । ऋण उठाउने र कर उठाउन अब संकट भएको छ । 
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement