site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्वीटरमा बेतुकको बहस

आइतबार बिहानै

मोबाइल बज्यो

मेरो दाहिने हात सिरक भित्रैबाट बिस्तारै निकालेर सिरानीतिर रहेको मोबाइल समात्न पुग्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जाडोले सिरकबाट टाउको बाहिर निकाल्ने आँट आउँदैन तर पनि घण्टी बजिरहेपछि मोवाइल तानेर सिरकभित्रै हेर्ने प्रयास गरेँ ।

कलिङ ..., आस्था राउत

Global Ime bank

सिरक भित्रैबाट फोन रिसिभ गरें

हेलो....

हेलो.... भन्दा नै उनले स्वरबाट मेसो पाइछन्

स्वर त भास्एिको छ त, बिरामी हो ?

‘हल्को ज्वरो आको छ’ मैले उनलाई जवाफ दिएँ ।

‘ल गेट वेल सुन, चाँडै ठिक हुनुुस्,’ आस्थाको भनाई थियो ।

मैले जवाफमा औपचारिकताको शब्द बोलें– ‘थ्याँक्यू’

‘के छ खबर तपाइँको ?,’ मैले नै उनलाई हालखबर सोध्दै प्रश्न गरेँ ।

जवाफमा उनले हत्तपत्त भनिन्,‘एउटा खबरबारे स्पष्ट हुन मैले तपाईँलाई फोन गरेको, थप केही थाहा पाउनुभयो ?’

‘के हो र ?,’मैले भनेँ ।

‘म त हिजो साँझबाट सुतेको सञ्चारबाट बाहिर छु,’ मैले भनेँ ।

‘यमबुद्धको खबर के हो ?’आस्थाको प्रश्न थियो । तर पनि यतिन्जेलसम्म कुरा हुँदा भएको के हो भन्ने बारेमा अझै म अनविज्ञ नै थिएँ ।

मैले आश्चर्य मान्दै फेरि प्रश्न गरेँ–‘के भयो र ?’

‘उनी बितेको खबर छ त !,’आस्थाको भनाई थियो, ‘आत्महत्या भन्ने कुरा पनि छ के हो ?’

यमबुद्धको निधनका बारेमा मेरो जानकारीमा आएको त्यो नै पहिलो खबर थियो ।
आस्थाले फोन राखिन् ।

मैले घडी हेरें । साढे ९ बजेको थियो ।

यमले आत्महत्या नै गरे या स्वभाविक मृत्यु थियो ? मनमा खुल्दुली भइरह्यो ।

बुझ्नैपर्यो । मोबाइलमा ट्वीटर लग इन गरें ।

ट्वीटरमा यमको मृत्यु भाइरल भइसकेको थियो । उनको मृत्युलाई लिएर बहस तीव्र रुपमा भइरहेको रहेछ ।

बहसअनुसार उनको मृत्यु होइन, आत्महत्या थियो ।ट्वीटरमा मृत्यु भन्दा पनि आत्महत्याका विषयमा बहस थियो । कसैले आत्महत्यालाई मानशिक रोगको उपज  भनिरहेका थिए भने केहीले साहसी व्यक्तिको रोजाई अर्थात आँट ।

अब बहस मानशिक रोग कि साहस ? भन्नेतर्फ उन्मुख भएको थियो । आँट भन्नेलाई ‘लौन न त तिमी पनि आँट गर’ भनिरहेका थिए । कोही आफूलाई डाक्टरसरह उभ्याइरहेका थिए भने कोही त्यसको खण्डनमा व्यस्त थिए । सामाजिक सञ्जाल दुई ध्रुवमा विभाजित थियो ।  
मैले सोचे, मृत्यु साश्वत सत्य हो । आत्महत्या परिस्थितिको उपज ।  

सामाजिक सञ्जालहरुमा कहिले काहीँ चाहिने भन्दा पनि नचाहिने विषयमा अनावश्यक बहस हुन्छ । चाहिनेमा न्यून,नचाहिनेमा ज्यादा । कहिले काहीँ लाग्छ अरुलाई गाली गर्न र मनको तुष पोख्न नै ट्वीटरको सुत्रपात भएको हो ।  

धेरैका आफ्नो फेसबुक पेजमा आत्महत्या हैन संघर्ष रोजौं पोष्ट गरिएको थियो । त्यस्ता पोष्टमा पनि उस्तै कमेन्ट थिए । कोही कायर भन्ने कोही बिचार भन्ने कोही चाँही साहस भन्ने अनी कोही स्वर्गमा बास होस् भन्ने ।

मृत्यु होस या आत्महत्या । मृत्यु शब्द सुन्दा पनि डराउने मान्छेले किन आत्महत्या नै गर्छ ? यो खोजको विषय होला । यसको जिम्मा मनोचिकित्सक तथा मनोविद्लाई नै छाडिदिउँ । तरसामाजिक सञ्जालमा झुण्डिने फुर्सदिलाहरुले यसलाई अनावश्यक बहसको विषय बनाइरहेका छन् । मृतकको परिवारमा परेको चोटलाई बिर्सेर बहस भइरहेको छ ।

तीन दशक नपुगेको छोराले आत्महत्या गरेको छ । मृतकको परिवार शोकमा छ । उनकी श्रीमतीको सिउँदो पुछिएको छ । बालबच्चा भए टुहुरा भए होलान् । छोरो वा श्रीमानको मृत्युले कस्तो आभास भइरहेको छ भन्ने सम्मका प्रश्न गर्ने रुखा पत्रकारहरुले सोध्ने प्रश्नको जवाफ दिने पीडितमा स्वर छैन । तर, सामाजिक सञ्जालमा भर्जिन विषय सम्झेर बहस हुन्छ, भइरहेको छ । न कुनै संवेदना छ न कुनै कोमल मन । हो मृत्युवरण भइसक्या अब  मृत्युलाई फर्काउन सकिँदैन । जिवित तुल्याउन सकिँदैन । संवेदनाको एक शब्द खर्चिन त सकिन्छ । यदि त्यो पनि सकिँदैन भने कम्तिमा मौन त बस्न सकिन्छ नि । तर आलो घाउमा विना कारण नुनचुक चाँही दल्न पाइँदैन ।
यस्ता बहसले विषयको चुरो कुरो खोज्ने उत्प्रेरणा पनि दिन्छ होला व्यक्तिलाई । बहस र गहन छलफलले निष्कर्षमा पनि पुर्याउँछ होला, व्यक्तिको ज्ञान पनि अभिबृद्धि होला । तर हरेक कुराको समय हुन्छ । घाटमा गएर डिजे बोलाए डिस्को नाच्यो भने सुहाउँदैन । त्यसका लागि डिजे क्लव नै उत्तम हुन्छ । एकातिर मान्छे जलाइरहेको धुवाँ, अर्कोतिर अनन्तकालीन बिछोड्को पीडाले निष्किएको चित्कार र ओसिला बनेका आँखा अगाडि कोही खुसीको चित्कारसँगै हाँस्न सक्छ ?

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC