site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । मोवाइल दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारद्वारा प्रदान गरिने  ‘व्यावसायिक महत्वपूर्ण व्यक्ति’ अर्थात कमर्सियल्ली इम्पोर्टेेन्ट पर्सन (सीआईपी) सम्मान पाउने भएको छ । नेपालकै सर्वाधिक ठूलोे करदाताको रुपमा परिचित एनसेललाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आर्थिक वर्ष २०७०÷७१ र २०७१÷७२ मा ‘सबैभन्दा बढि आयकर दाखिला गर्ने उद्यमी व्यावसायी’ को विधामा सीआइपी सम्मानको प्रस्ताव गरेको हो ।
सीआइपी राष्ट्रपतिबाट प्रदान गरिने व्यवसायिक क्षेत्रमा मुलुककै सबैभन्दा ठूलो प्रतिष्ठित सम्मान हो । यो सम्मान राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउने सोचका साथ दिइने गरिन्छ । यो सम्मान यस क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, विदेशी आयातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीहरुलाई प्रदान गर्ने गरिएको छ । सीआईपी सम्मान प्राप्त गर्ने व्यक्तिले भीआईपी सरह विमानस्थल तथा सिंहदरबार प्रवेश, प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटघाट तथा र भिसा प्रक्रियामा पनि पहिलो प्राथमिकता पाउँदछन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, एनसेललाई सीआईपी छनोट उपसमितिले आर्थिक वर्ष ०७०/७१ र ०७१/७२ मा सबैभन्दा बढी आयकर तिरेको आधारमा सीआईपी सम्मान प्रस्ताव गरेको हो । केन्द्रले एनसेल लगायत ३८ संस्था तथा व्यक्तिहरुलाई यो सम्मान प्रदान गर्न प्रस्ताव गरेको छ । कुनै दाबी अथवा विरोध भए सूचना जारी गरिएको १५ दिन भित्र जानकारी गराउन केन्द्रले अनुरोध गरेको छ । उपलब्ध गरिएको यो अवधि पश्चात सम्मान प्रदानगर्ने सम्बन्धमा अन्तिम निर्णय हुने केन्द्रका एक अधिकारीले जानकारी दिएका छन् । 
एनसेलले दिएको जानकारी अनुसार कम्पनीले सरकारलाई विविध शुल्क, रोयल्टी र कर अन्र्तगत वैशाख २२, २०७३ सम्ममा झण्डै रू.  १ अर्ब २८ करोड योगदान गरेको छ । यसमा अग्रिम कर वापत रु ३० अर्ब ६९ करोड, मूल्यअभिवृद्घि कर वापत रु ३९ अर्ब ६६ करोड, लाइसेन्स शुल्कअन्तर्गत रु ७ अर्बभन्दा बढी, रोयल्टि स्वरुप रु ८ अर्ब ९५ करोड लगायत राजस्व संलग्न छन् । साथै कम्पनीले ग्रामिण दुरसञ्चार विकास कोषमा पनि रु ४ अर्ब २० करोड योगदान पु¥याएको छ । कम्पनीको लगानी तथा विस्तारसँगै एनसेलले राज्य कोषमागर्ने योगदान प्रत्येक वर्ष बढिरहेको छ । 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC