site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं
दुग्ध विकास संस्थान (डीडीसी)लाई पोखरामा नयाँ प्लान्ट स्थापना हुन नदिन सम्पूर्ण निजी क्षेत्र एकजुट भएका छन् । सरकारी कम्पनी डीडीसीसँग निजी क्षेत्र प्रतिस्पर्धा गर्न नसक्ने भन्दै पोखराका सम्पूर्ण डेरी उद्योगी डीडीसीको विरोधमा उत्रिएका हुन् । 
सरकारले डीडीसीलाई २०६१ साल माघ १ गते निजीकरण गरेको थियो । निजीकरण गरेको ठाउँमा आउन नमिल्ने भन्दै डीडीसीको विरोध गरेको पोखराका डेरी उद्योगीले बताएका हुन् । 
डीडीसीका महाप्रवन्धक गंगा तिमल्सिनाले यसपटक जुनसुकै हालतमा पनि डीडीसी पोखरा जाने जानकारी दिए । “हामीले दुग्धजन्य पदार्थ उत्पादन र विक्री गर्ने गरि पोखरा जान लागेको हो,” डीडीसीका महाप्रवन्धक तिमल्सेनाले बाह्रखरीसँग भने, “पोखराका जनताको माग भएकाले हामी पोखरा जना लागेको हो ।” 
डीडीसीले नयाँ प्लान्ट स्थापनाका लागि पशु विकास फामको जग्गा समेत उपलब्ध गराउन पशुपंक्षी मन्त्रालय तयार भएको तिमल्सिनाले जानकारी दिए । “पशु विकास फामको जग्गामा नयाँ प्लान्ट स्थापना गर्छौं,” उनले भने । 
पोखरामा १७ वटा डेरी उद्योग सञ्चालनमा रहेको अवस्थामा डीडीसी आउन नमिल्ने पोखरा दुग्ध प्रशोधन व्यवसायी संघका अध्यक्ष पुण्यप्रसाद पौडेलले जानकारी दिए । 
डीडीसीले यसअघि पनि पोखरामा नयाँ प्लान्ट स्थापना गर्ने गरी काम सुरु गरे पनि पोखराका व्यवसायीको विरोध पनि रोकिएको थियो । २०६८ सालमा डीडीसीले पोखरामा नयाँ प्लान्ट खोल्ने भन्दै प्रक्रिया अघि बढाएको थियो । 
नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले डीडीसीसँग प्रतिस्पर्धा गर्न डराउन नहुने बताए । “डीडीसीलाई पोखरामा नयाँ प्लान्ट स्थापना गर्न दिनुपर्छ,” उनले भने, “तर, राज्यले लगानी गरेर प्लान्ट स्थापना गर्नु हुन्न । यदि डीडीसीलाई अनुदान दिने हो भने सबै डेरी उद्योगलाई पनि अनुदान दिनुपर्छ ।” 
डीडीसीसँग निजी क्षेत्र प्रतिस्पर्धा गर्न सक्षम छ । तर, राज्यले कसैलाई काख र कसैलाई पाख गर्न नमिल्ने राजभण्डारीले जानकारी दिए । डीडीसीले कमाएको नाफाबाट पोखरामा नयाँ प्लान्ट खोले कसैले पनि विरोध नगर्ने बताए । 
“सरकारले प्लान्ट खोल्न लगानी गरेपछि मात्रै निजी क्षेत्रले विरोध गरेको हो,” उनले बाह्रखरीसँग कुराकानी गर्दै भने, “आफ्नै लगानीमा नयाँ प्लान्ट खोल्छ भने, निजी क्षेत्रले रोक्दैन ।” 
नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्रलाद दाहालले डीडीसी पोखरा जान नहुने बताए । 
“कुनैपनि हालतमा डीडीसी पोखरा जानु हुन्न,” उनले भने, “राज्यले लगानी गरेर प्लान्ट खोल्ने अनी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्छु भन्ने ?” दाहालका अनुसार डीडीसी आफैले लगानी गरेर उद्योग खोल्छ भने ठिक छ हैन भने कुनै पनि हालतमा पोखरामा डीडीसी जानु हुँदैन । 
डीडीसीले यसअघि भएको प्लान्टलाई निजीकरण गरेर फर्केपछि अब फेरी जान नहुने उनको तर्क छ । 
यस क्षेत्रमा प्रतिस्प्रर्धात्मक एवम् खुला बजार अर्थतन्त्रमा आधारित भइ दुग्ध व्यवसाय फस्टाइरहेको बेलामा सरकारी स्वामित्वको डीडीसी कुनैपनि हालतमा पोखरा आउन नहुने भन्दै संघले विज्ञप्ति निकालेको छ । 
अर्थ मन्त्रालयबाट मिति २०६९ फागुन २० को मन्त्रीस्तरको निर्णय अनुसार र राष्ट्रिय योजना आयोगको कार्यदलको प्रतिवेदन कार्यान्यन गर्न कृषि विकास मन्त्रालयलाई पत्राचार गरि सो अनुसार दुग्ध विकास संस्थानको पोखरा क्षेत्रमा सरकारी लगानीबाट व्यवसाय गर्न गराउन पर्ने अवस्था नरहेको भन्ने उल्लेख भए बमोजिम त्यस संस्थानबाट पोखरा क्षेत्रमा संस्थानका उत्पादनहरु विक्री वितरण गर्न तत्काल रोक्न निर्देशन दिएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC