site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

 

अङ्कारा (टर्की) । टर्कीमा शुक्रबार भएको असफल ‘कू’ प्रयासमा संलग्न भएको आरोपमा मुलुकभरबाट करिब नौ हजार कर्मचारीलाई जागिरबाट हटाइएको टर्कीको राज्य सञ्चालित अनादोलु न्युज एजेन्सीले बताएको छ । अनादोलुका अनुसार गृह प्रशासनसँग सम्बन्धित आठ हजार ७७७ कर्मचारीलाई जागिरबाट निष्काशन गरिएको छ ।जसमध्ये ३० जना गभर्नर, ५२ जना गुप्तचर इन्सपेक्टर र १६ जना कानुनी सल्लाहकार रहेको गृह मन्त्रालयलाई उद्धृत गर्दै अनादोलुले बताएको छ । यद्यपि अन्य समाचार संस्थाले सैनिक, प्रहरी तथा नौसेनातर्फ पनि ठूलो सङ्ख्यालाई हटाइएको बताएका छन् ।

 सरकारले वर्तमान राष्ट्रपति रेसेप तैयप एर्डोअानका मुख्य विपक्षी मानिएका अमेरिकामा स्वघोषित निर्वासनमा रहेका इस्लाम धर्म नेता फेतुल्लाह गुलेनको समूहले गरेको असफल कू प्रयासमा २३२ जनाले ज्यान गुमाएका र एक हजार ४०० जना घाइते भएको बताएको छ । तर गुलेन र उनको समूहले टर्कीमा शुक्रबार भएको सैनिक विद्रोहमा आफुहरुको कुनै हात नभएको बताएका छन् । गुलेनका समर्थकले आफ्नो समूह शान्तिकामी सेवामा विश्वास गर्ने धार्मिक समूह भएकाले सरकारको दाबीलाई खण्डन गर्दै आएको छ । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  ०५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC