site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अभ्यास खेलमा नेपाललाई लगातार चौथो सफलता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो अभ्यास खेलमा पनि जित हासिल गरेको छ । अभ्यास खेलमा लगातार चौथो जित निकाल्ने क्रममा आइतबार राति नेपाली टोलीले स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई १ सय ८१ रनले पराजित गरेको छ ।
 
अब नेपालले अन्तिम खेलमा मंगलबार लर्ड्स मैदानमा विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)सँग खेल्नेछ । नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालको क्रिकेटको मक्का मानिने लर्ड्समा खेल्न लागेको हो ।
 
इस्टबर्नको घरेलु मैदानमा भएको खेलमा नेपालले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ ओभर ३ बलमा अलआउट हुदै १ सय १९ रनमा समेटियो । इस्टबर्नका लागि रावलिनले ४४ तथा पुन्जाले २३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । इस्टबर्नलाई सस्तैमा रोक्ने क्रममा सोमपाल कामीले ३ तथा बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए ।
 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र तीन विकेट गुमाएर ३ सय रनको उच्च योगफल तयार गरेको थियो । इस्टबर्न्विरुद्ध नेपालका चार ब्याट्सम्यानले अर्धशतक बनाए । नेपालका लागि विनोद भन्डारी र राजु रिजालले अविजित अर्धशतकीय पारी खेले  । विनोदले ७७ रन बनाए भने राजु रिजालले ६० रन जोडे । त्यस्तै ओपनर अनिल मण्डलले ७३ रन बनाउदा सरद भेषवाकरले ६० रन जोडे ।
 
यस्तै इंग्ल्यान्ड भ्रमणलाई नेपाली टोलीको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ । 
तस्बिर cricketingnepal .com
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC