बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आयोगमा उनान्साठी जिल्लाको प्रतिवेदन प्राप्त
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, मंसिर १, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौँ । स्थानीय तहको पुनःसंरचनासम्बन्धी आयोगले स्थानीय तहको सङ्ख्या र सीमाना निर्धारणका लागि यही कात्तिक २० गतेसम्मको समयसीमा तोकेको भए पनि हालसम्म ५९ जिल्लाको मात्र प्रातिवेदन प्राप्त भएको छ ।

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोगले यही कात्तिक ४ गते स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिलाई उक्त समयसीमाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

५९ जिल्लाको मात्र प्रतिवेदन प्राप्त भएको र प्राप्त प्रतिवेदनलाई अन्तिम रुप दिने कार्य अघि बढिरहेको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिए । आयोगको यस कार्यसँगै बाँकी जिल्लाको प्रतिवेदन आउने क्रम जारी छ । रासस

Nepal Investment bank
Nepal Investment bank
बुधबार, मंसिर १, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्