site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आईएस लडाकू दक्षिणपूर्व एसियामा फर्किन सक्ने अमेरिका र अस्ट्रेलियाको चेतावनी   
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कुख्यात आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले सिरियाको डेर अल जोर प्रान्तमा आफ्नो संगठनका ११ सदस्यहरूलाई फाँसी दिएको छ । 
बेलायतस्थित मानवाधिकार संस्था सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले उक्त कुरा जनाएको हो । आईएसले कसलाई र किन फाँसी दियो भन्ने कुरा थाहा हुन सकेको छैन । आईएसले गत महिना यही प्रान्तमा बलात्कार, हत्या र हतियारहरूको तस्करी गरेको आरोपमा आफ्नो संगठनका २५ सदस्यहरूको हत्या गरेको थियो ।
यसैबीच अमेरिका र अस्ट्रेलियाका अधिकारीहरूले आइएसआइएसका विदेशी लडाकूहरू पश्चिम एसियादेखि दक्षिणपूर्व एसियातिर फर्केर जान सक्ने र आफ्नो देशमा पुगेर आतंकवादी क्रियाकलापमा संलग्न हुन सक्ने भन्दै सम्बन्धित देशहरूलाई सतर्क गराएका छन् । यस्तो चेतावनी अस्ति लन्डनमा भएको आक्रमण र फिलिपिन्समा बढिरहेको जेहादी खतराबीच आएको हो । लन्डनमा अस्ति भएको घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४  ०२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC