site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने, दुई दिनपछि निर्णय लिने
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय गरेको हो ।

बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोनमार्फत दुई दिनको समय मागेकाले सरकारबाट नबाहिरिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

Agni Group

"प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन गरेर दुई दिनको समय माग्नुभएको छ । त्यसैले हामीले अहिले उहाँहरू के गर्नुहुन्छ २ दिन भित्र भन्ने हेर्नेछौँ । २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौँ," उनले भने ।

तर, दुई दिनपछि पनि आफूहरूका माग पूरा नभए कुनै पनि निर्णय लिनसक्ने चेतावनी रास्वपाले दिएको छ ।

Global Ime bank

"उहाँहरूले दुई दिनपछि पनि राजनीतिक इमान्दारिता देखाउनुभएन भने यसरी नै बैठक बसेर जेसुकै पनि निर्णय लिन सक्छौँ," ढकालले भने ।

माघ १३ गते नागरिकताको मुद्दामा अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाएका थिए । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता अवैध ठहर भएसँगै उनले सबै पद गुमाएका थिए । त्यसयता गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्हालिरहेको छन् । 

लामिछानेले माघ १५ गते आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर पुनः नागरिकता लिएका थिए । नागरिकता पाएपछि उनले गृह मन्त्रालय पुनः आफूले पाउनुपर्ने अडान राख्दै आएका छन् । 

रविले आफ्नो पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालय दिन नसकिने अभिव्यक्ति दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC