राजनीति
काठमाडौं । प्रहरीले आफ्ना ५ सयभन्दा बढी नेता तथा कार्यक्रर्तालाई नियन्त्रणमा लिएको विप्लव माओवादीले दाबी गरेको छ । विप्लव माओवादीको उपत्यका ब्यूरो इन्चार्ज सन्तोष बूढाले देशभरबाट ५ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाए ।
उनका अनुसार प्रहरीले काठमाडौंको बालाजुबाट ५४ जना, कलंकीबाट २५ जना, ललितपुरको लगनखेलबाट २१ जना, दरबारमार्गबाट ७ जना, कोटेश्वरबाट ३ जना र चाबहिलबाट २५ लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुर्खेतबाट ६ जना, कैलालीबाट १३ जना, कास्कीबाट ११ र मोरङबाट १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका इन्चार्ज बूढाले बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ १४:४७
प्रतिक्रिया दिनुहोस्