विदेश
काठमाडौं । कोलम्बियाको सरकार र त्यहाँको कम्युनिस्ट विद्रोही समूह फार्कसँग नयाँ शान्ति सम्झौताको घोषणा भएको बीबीसीले जनाएको छ ।
करिब ६ हप्ताअगाडि सरकार र विद्रोहीबीच भएको सम्झौता त्यहाँको एक जनमत संग्रहले अस्वीकार गरेको थियो । यो नयाँ संशोधित शान्ति सम्झौतामा विपक्षी पार्टी तथा अन्य समूहहरुको मागलाई पनि समावेश गरिएको बताइएको छ ।
सरकार र विद्रोहीबीच विगत चार वर्षदेखि क्युवामा वार्ता भइरहेको थियो । यसअघि भएको शान्ति सम्झौताले कम्युनिस्ट विद्रोहीहरुको पक्षपोषण गरेको बताइएको थियो । यो नयाँ सम्झौता जनमत संग्रहका लागि नलैजाने र संसदबाट पास गर्ने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ १०:१३
प्रतिक्रिया दिनुहोस्