site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एफबीआईले मलाई चुनाव हरायो: हिलारी
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो हारका लागि डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनले अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई) का निर्देशक जिम्मेवार भएको आरोप लगाएकी छन् ।
हिलारीले चुनावभन्दा केही दिन अगाडि मात्र एफबीआई निर्देशक जेम्स कुमीले उनको इमेल प्रकरणको पुनः जाँच भएको भन्ने अभिब्यक्तिले चुनाव प्रचार अभियानमा उनीप्रति बढ्दै गएको माहोलमा धक्का पुगेको बताएकी हुन् ।
हिलारीले आफ्ना चुनाव प्रचार अभियानका लागि सबैभन्दा धेरै दान दिने दाताहरुसँग फोनमा गरेको कुराकानी मिडियाबाट ‘लिक’ भएपछि यो अभिब्यक्ति सार्वजानिक भएको हो ।
क्लिन्टन बिरुद्ध अमरिकाको विदेशमन्त्री हुँदा उनले आफ्नो सरकारी इमेलहरु निजी सर्भरमार्फत पठाएको आरोप थियो । जसको छानविनपछि एफबीआईले सफाइ दिएको थियो । तर चुनाव आउने ११ दिन अगाडि क्लिन्टनको निजी सर्भर प्रयोगका विषयमा थप नयाँ तथ्य प्राप्त भएको भन्दै पुनः छानविन गरेको सार्वजानिक गरेको थियो । तर, मतदान हुने २ दिन अगाडि त्यसमा पनि केही नभेटिएको भन्दै हिलारीलाई सफाइ दिएको थियो ।
तर दुई दिन अगाडि दिएको सफाइले पनि झन् नकरात्मक माहोल सिर्जना गरेको उनले बताएकी छन् । 
हिलारीले उनको प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले अमेरिकी प्रणाली नै भ्रष्ट र धाँधलीपूर्ण रहेको भन्ने तर्कलाई यसले बल पुर्याएको र माहोल आफू बिरुद्ध गएको बताएकी छन् ।
यसैबीच, नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प बिरुद्ध   विरोध प्रदर्शनहरु भइरहेकका बीबीसलिे जनाएको छ । न्युयोर्कमा करिब दुई हजार मानिसले ट्रम्प टावर नजिक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘नट माइ प्रेसिडेन्ट’ लेखेका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।
ट्रम्प राष्ट्रपति निर्वाचित भएको घोषणा पछि उनको नीतिको आलोचना गर्दै लगातार चार दिनमा अमेरिकामा ९० भन्दा बढी विरोध प्रदर्शनहरु भैसकेका छन् । 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro