site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रोएसियाद्वारा आइसल्यान्ड पराजित
काठमाडौं । क्रोएसियाले विश्वकप छनोटमा आइसल्यानडलाई पराजित गरेको छ । सन् २०१८ मा रुसमा हुने विश्वकप छनोटको युरोपियन छनोट अन्तर्गत शनिबार राती भएको खेलमा क्रोएसियाले आइसल्यानडलाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा क्रोएसियालाई जित दिलाउन मार्सेलो ब्रोजोभिक दुवै गोल गरे । खेलको १५ औं मिनेटमा पहिलो गोल गरेका ब्रोजोभिकले खेलको अन्तिम मिनेटमा थप एक गोल गर्दै क्रोएसियालाई जित दिलाए ।
जितसँगै समूह आई मा रहेको क्रोएसियाले विश्वकपमा छनोट हुने सम्भावना जिवितै राखेको छ । जितपछि १० अंक जोडेको क्रोएसिया शीर्ष स्थानमा यथावत छ । पराजित आइसल्यान्ड ७ अंक जोडेर तेस्रो स्थानमा छ । 
विश्वकप छनोट अन्तर्गत नै समूह आईको अर्को खेलमा युक्रेनले फिनल्यान्डलाई १–० ले पराजित गरेको छ । त्यस्तै  टर्कीले कोसोभोलाई २–० ले पाखा लगायो । यो समूहमा युक्रेन दोस्रो र टर्की चौथो स्थानमा छ ।
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro