site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमएलएसमा मियामीको अपराजित यात्रा कायमै 

काठमाडौं । मेजर लिग सकर (एमएलएस)मा अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको नेतृत्वमा रहेको इन्टर मियामीले अपराजित यात्रालाई आठौँ खेलसम्म लम्ब्याएको छ । 

मियामीले आइतबार बिहान सम्पन्न खेलमा कोलम्बसविरुद्ध उसैको मैदानमा १–० को जित निकाल्दै यो यात्रालाई कायम राखेको हो । मियामीको जितमा बेन्जामिन क्रेस्मास्चीले गरेको गोल निर्णायक बन्यो ।

उनले खेलको ३०औँ मिनेटमा गोल गर्दै मियामीलाई अग्रतामा राखेका थिए । जारी सिजन मियामीको यो पाँचौं जित हो । एमएलएस इस्टर्न कन्फेरेन्सको तेस्रो स्थानमा रहेको मियामीले पाँच जित र तीन बराबरीसहित १८ अंक जोडेको छ । 

जुन शीर्ष स्थानमा रहेको चार्लोटकोभन्दा एक अंकमात्रै कम हो । चार्लोटले नौ खेल खेल्दा १९ अंक जोडेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro