site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउदी अरेबियाले भन्यो– ६४ देश सम्मिलित फिफा विश्वकप आयोजना गर्न तयार छौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । साउदी अरेबियाले सन् २०३४ मा आफ्नो देश ६४ राष्ट्र सम्मिलित फिफा विश्वकप आयोजना गर्न तयार रहेको बताएको छ । साउदीले आइतबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपमा ६४ देश सहभागी गराउने निर्णय पारित गरे आफ्नो देश त्यसका निम्ति तयार रहेको जनाएको हो ।

सन् २०३४ को फिफा विश्वकप आयोजनाको अधिकार साउदी अरेबियाले पाएको छ ।

“हामी तयार छौँ वा तयार हुनेछौँ । यदि फिफाले यस्तो निर्णय गर्छ भने त्यो सबैका लागि राम्रो नै हुनेछ । र, हामी यसमा आफ्नो उत्कृष्ट दिन पाउँदा झनै खुसी हुनेछौँ,” साउदी अरेबियाका राजकुमार अब्दुलअजिज बीन तुर्की अल–फैसलले भने ।

यसअघि, सन् २०३० को विश्वकपमा ६४ राष्ट्र सहभागी गराउन दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल)ले फिफासमक्ष प्रस्ताव गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro