site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेफ्रीको गलत निर्णयविरुद्ध ललितपुरले अपिल गर्ने 
जितपछि खुसी मनाउँदै ललितपुर सिटी एफसीका खेलाडी । फाइल तस्बिर ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा रेफ्रीको गलत निर्णयको ललितपुर सिटी एफसीले अपिल गर्ने भएको छ । 

पहिलो क्वालिफायर खेलमा रेफ्रीको गलत निर्णयका कारण दुई रातो कार्ड व्यहोरेको ललितपुरले निर्णयविरुद्ध अपिल गर्ने भएको हो । 

“प्रतियोगिताको स्तर बढाउन टिमको हिसाबले हामीले धेरै मिहिनेत गर्‍यौँ । तर, रेफ्रीको स्तर नै भएन,” ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीले भने । 

रेफ्रीको गलत निर्णयका कारण आफ्टो टिमका दुई महत्वपूर्ण खेलाडीले रातो कार्ड पाएको उनले बताए । “यो गलत निर्णयविरुद्धमा हामी कडा अपिल गर्नेछौँ,” जोशीले भने । 

खेलको सुरुआतबाटै दश खेलाडीमा सीमित बनेको ललितपुरले धनगढीलाई हराउँदै प्रतियोगिताको फाइनल पुगेको छ । तर, पहिलो क्वालिफायर खेलमा दुई रातो कार्डका कारण फाइनल खेल अघि नै टिमलाई ठूलो झट्का लागेको छ । 

खेलको सुरुआतमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल व्यहोरेका ललितपुरका मणिकुमार लामाले उल्टै रातो कार्ड पाएका थिए । छातिमा कडा ट्याकल खाएका मणिलाई खेलको १६औँ मिनेटमा मुख्य रेफ्री उमेश बिडारीले मैदान बाहिरको बाटो देखिएका थिए । 

खेलको अन्तिममा समेत खेल सम्हाल्न नसकेका रेफ्री बिडारीले ललितपुरका पापे डिकेटलाई रातो कार्ड देखाएका थिए । खेल सकेर मैदान बाहिर निस्किएका बिडारीले ललितपुरका कप्तान अनन्त तामाङलाई समेत पहेँलो कार्ड दिए ।

रेफ्रीको यो निर्णयको ललितपुरले विरोध गरेको छ । उसले रेफ्रीको स्तरमाथि नै प्रश्न उठाउँदै निर्णयविरुद्ध अपिल गर्ने भएको छ । 

रेफ्रीको स्तर र नियतमाथि प्रश्न उठाउँदै एफसी चितवनले पनि यसअघि आयोजकलाई चेतावनी दिएको थियो । चितवनले फ्रेन्चाइज टिमले गरेको लगानीलाई रेफ्रीको गलत निर्णयले जोखिममा पारेको भन्दै प्रतियोगिताबाट बाहिरिनसक्ने चेतावनी दिएको थियो । 

नेपाल सुपर लिगको रेफ्रीको निर्णयमाथि पहिलो सिजनदेखि नै आलोचना र असन्तुष्टि देखिँदै आएको छ । लिगको स्तर बढाउन विदेशी रेफ्री ल्याउने आयोजकले बाचा गरे पनि मैदानमा त्यो काम हुन सकेको छैन ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro