site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्बियासँग वेल्सको बराबरी, वेल्सको विश्वकप छनोटमा धक्का
काठमाडौं । वेल्सले विश्वकप छनोटमा सर्बियासँग बराबरी खेल्दै अंक बाडेको छ । सन् २०१८ मा रुसमा हुने विश्वकप छनोटको युरोपियन छनोट अन्तर्गत शनिबार राती वेल्सले सर्बियासँग १–१ गोलको बराबरी खेलेको हो ।
कार्डिफमा भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा वेल्स अंक बाड्न बाध्य भयो । पहिलो हाफको ३० औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन पाँच मिनेट बाँकी हुँदा सर्बियाका मिट्रोविकले गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो । 
घरेलु मैदानमा सर्बियासँग बराबरी खेलेपछि वेल्सको विश्वकपमा छनोट हुने सम्भावनामा धक्का लागेको छ । यो बराबरीसंगै समूह ‘डी’ मा रहेको वेल्स तेस्रो स्थानमा छ । यस समूहमा चार खेलबाट वेल्सले ६ अंक जोडेको छ भने सर्बिया ८ अंकसहित दोस्रो स्थानमा छ । 
यो समूहबाट एउटा शीर्ष टिममात्रै विश्व कपमा छनौट हुनेछ । यसमा आयरल्यान्डको सम्भावना बलियो छ । शनिबार राती अष्ट्रियालाई १–० ले पराजित गरेको रिपब्लिक अफ आयरल्यानड शीर्ष स्थानमा छ । उसले चार खेलबाट १० अंक जोडेको छ । वेल्सको विश्वकपमा छनोट सम्भावना अब आयरल्यान्डसँगको खेलले निर्धारण गर्नेछ । वेल्सले आउँदो मार्च २४ मा डब्लिनमा आयरल्याण्डको सामना गर्नेछ । 
विश्वकप छनोट अन्तर्गत समूह ‘डी’ कै अर्को खेलमा जर्जिया र माल्डोभाले १–१ को बराबरी खेल्दै अंक बाडेका छन् । यस समूहमा जर्जिया २ अंक जोडेर पाचौं र १ अंक जोडेको माल्डोभा पुछारमा छ ।
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro