site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिबन्धित भारतीय नोट साट्न बैंकमा हजारौँको भीड
नयाँदिल्ली । भारत सरकारले भारतीय ५०० रुपैयाँ र एक हजार रुपैयाँ प्रतिबन्ध गर्ने घोषणा गरेपछि सर्वसाधारण, व्यापारी, उद्योगपतिलगायत आफूसँग रहेका नोट साट्न बैंकमा भीड लागेपछि शनिबार केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भयो । 
नयाँदिल्लीमा पनि नगद साट्न मानिसहरु घन्टौँ लाइनमा बसे । तर हजारौँ मानिसले पालोका लागि अघि बढ्ने क्रममा सामान्य भागदौडको स्थिति बन्यो । 
ठूलो भीड देखिएका ठाउँमा सरकारले प्रहरीको व्यवस्था गर्यो । प्रहरीले भीडलाई सम्यमित रुपमा लाइनमा बसेर आफ्नो नगद साटेर फर्किन दिनभर अनुरोध गर्दैमा व्यस्त बने । 
केहीले सरकारको अदूरदर्शिताका कारण आफ्नो पैसा लिनसमेत घन्टौँ लाइनमा बस्नुपरेकामा दुखेसो पोख्दै थिए । ‘मलाई सरकारले यति ठूलो कदम योजनाबिनै लिँदा लाखौँ जनता दुःखमा परेका, नगद साट्न दिल्लीको एक बैंक बाहिर तीन दिनदेखि लामो लाइनमा बसेका थकित युवा राजु सुन्दरमले बताए ।  
उनले बिहीबार र शुक्रबार मेरो पालो आउनुपूर्व नै बैंकमा नयाँ नोट सकिएको सूचना गर्दै सकिएको बताए । 
सरकारको कदमले जनमानसमा असुविधा भएको भन्दै सरकारले यसलाई सहज बनाउनेबारे सोचेको छैन भन्ने प्रश्नमा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पक्कै पनि यस कदमबाट सर्वसाधारणमा समस्या भएको भए पनि यो कदम बाध्यात्मक भएको बताए ।  उनले नयाँ नोट सहज उपलब्ध गराउन दुई वा तीन हप्ताको समय लाग्न सक्ने बताए । रासस÷एपी 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro