site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीमदत्तनगर । कञ्चनपुरको वाइसेविचुवामा काठ तस्करी गरिरहेका चार युवकलाई हतियारसहित पक्राउ गरिएको छ । 
बाइसेविचुवा गाविस–१ सुखडघाटबाट हतियारसहित काठ तस्करी गरिरहेका पुनर्वास नगरपालिकाका चारजना युवा पक्राउ परेका हुन् । 
उनीहरुबाट एक थना कटुवा पेस्तोल, दुई राउन्ड गोली र करिब ७५ क्युफिट काठ बरामद भएको नौरङ्गा इलाका वन कार्यालयले जनाएको छ । 
पक्राउ पर्नेमा पुनर्वास–११ का सोजीत तामाङ, पुनर्वास–७ का रामबहादुर गुरुङ, स्थानीय मिलन राना र शङ्करपुर–१ का नारायण राना रहेका छन् । वन कर्मचारीहरु जङ्गलमा गस्ती गरिरहेका बेला चारजना तस्कर डल्लपमा काठ ओसार्ने तयारीमा थिए । 
शनिबार पक्राउ परेका चारैजनालाई कारबाहीका लागि आइतबार अदालतमा म्याद थप गरी विस्तृत अनुसन्धान सुरु हुने जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ । रासस 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro