विदेश
काठमाडौं । युरोपियन युनियनका अध्यक्ष ज्या क्लोड जंकरले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पका कारण अमेरिका र युरोपको सम्बन्धमा तिक्तता पैदा हुनसक्ने चेतावनी दिएका छन् ।
लक्जेम्बर्गमा एक कार्यक्रममा बोल्दै जंकरले भने, “हामीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पलाई यूरोप के हो र कसरी काम गर्छ भनेर सिकाउनु पर्छ ?”
उनले ट्रम्प आएपछि अमेरिका र युरोप जस्ता दुई अहम महाद्वीपको सम्बन्धको आधार नै कमजोर हुनसक्ने बताएका छन् ।
जंकरका अनुसार उनको कार्यकाल कै दौरान दुई वर्षसम्म उनले युरोप घुम्दैमा बित्ने तर केहीपनि नजान्ने बताएका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३ १७:२१
प्रतिक्रिया दिनुहोस्