साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रा’ ले आफ्नो प्रिमियर शो गरेको छ । जयनेपाल हलमा बुधबार भएको प्रिमियरमा ‘जात्रा’ का अधिकांश कलाकारसँगै अन्य कलाकार पनि उपस्थित थिए ।
प्रिमियरमा ‘जात्रा’ मा लिड रोलमा रहेका विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्राचार्यलगायतका कलाकार उपस्थित थिए । नायिका राउत आफ्ना बुवाआमासहित जयनेपाल पुग्दा उनी पत्रकारको केन्द्रमा परिन् ।
प्रिमियर शो बरिष्ठ नाट्य तथा चलचित्रकर्मी हरिहर शर्मा, हास्य कलाकार किरण केसी, जितु नेपाल, साहित्यकार अमर न्यौपाने, कलाकार खगेन्द्र लामिछाने, गायक सत्य, स्वरुप आचार्यलगायतका कालाकारले हेरेका थिए ।
सोसल ड्रामा जनरामा बनेको ‘जात्रा’ प्रदीप भट्टराईको कथा तथा निर्देशन रहेको चलचित्रको प्रिमियरपछि अधिकांशले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिउका थिए । वर्षार विपिन तथा रविन्द्रले प्रिमियरमा उपस्थित पत्रकार तथा कलाकार सबैले चलचित्र राम्रो बनेको प्रतिक्रियाले आफूहरु चलचित्रले हलसम्मद दर्शकलाई तान्नेमा आफूहरु ढुक्क रहेको बताए । ‘जात्रा’ भोली (शुक्रबार) बाट देशभरका हलहरुमा एकैपटक रिलिज हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३ १२:२५
प्रतिक्रिया दिनुहोस्