site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङ। अझैसम्मपनि बिजुलीबत्ति बाल्न नपाएका तुलसीपुर नगरपालिका– ७ का बासिन्दाले बजारमा बलेका झिलिमिली बत्ती हेरेरै आफूहरु बस्न बाध्य भएको गुनासो गरेका छन् । 
नगरपालिका भएर पनि बिजुली, खानेपानी, यातायातजस्ता सेवा सुविधाबाट आफूहरु वञ्चित हुनुपरेको वडा विकास सरोकारमञ्चका संयोजक यग्गेबहादुर बूढामगरले बताउनुभयो । ‘बजारमा सोलारसहित बिजुली झिलिमिली छ, हाम्रो वडा भने अन्धकारमय छ, मट्टिलेलबाट टुकी बालेर बसेका छौं । उनले भने,  ‘न माध्यमिक विद्यालय छ, नत बिजुली पुगेको छ, न कुनै मानिस बिरामी भयो भने तत्काल अस्पतालसम्म पुर्‍याउने बाटो सबारी साधन नै छ । ’
खानेपानीको पनि त्यतिकै समस्या छ भने विद्यालयका नाममा निमावि मात्र छ भने स्वास्थ्य संस्थाको नाममा एउटा क्लिनिक सञ्चालित रहेको स्थानीयवासी मनकला बूढाले बताए । 
कुनै मानिस बिरामी परे दुई घन्टासम्म बोकेर तुलसीपुरसम्म ल्याउनुपर्ने समस्या छ भने खानेपानीको लागि यहाँ एउटा मात्र धारा छ । सोही धारा पनि चैत वैशाखमा सुक्दा दुईघन्टा लगाएर खोलामा पानी लिन जानुपर्ने अवस्था रहेको सोहीस्थान निवासी भद्रबहादुर वलीको भनाइ छ । 
यता तुलसीपुर नगरपालिकाले भने वर्षेनी सो वडाका लागि लाखौंको बजेट छुट्याउदै आएको छ तर भौगोलिक विकटतका कारण विकासले गतिलिन नसकेको जनाएको छ । सो वडामा नगरपालिकाले असोज महिनमा बाटो निर्माणका लागि डोजर लगाए पनि असोज महिनाको पहिलो सातामा आएको पानीले बाटो बिगारेको र गाडिएका बिजुलीका पोल पनि प्रयोगहीन अवस्थामा रहेको संयोजक बूढामगरले बताए। 
आफूहरुले पटक÷पटक समस्या लिएर नगरपालिका धाउँदा पनि कुनै सुनुवाइ नभएकाले अब चरणवद्ध आन्दोन गर्ने उनले जानकारी दिए । रासस
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro