site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) सँग छलफल गरेपछिमात्र ५ सय र १ हजार भारु नोटको विषयमा निर्णय हुने बताएको छ ।
भारतले कालो धन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि देशभर ५ सय र १ हजारका नोट मंगलबार मध्य रातदेखि नचल्ने घोषणा गरेपछि त्यसको असर नेपालमा पनि परेको छ । भारतमा ५ सय र १ हजार भारुलाई प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकले बुधबार अर्को व्यवस्था नभएसम्म कारोबारमा बन्देज लगाएको छ । 
“भारतमा प्रतिबन्ध भएपछि हामीले ५ सय र १ हजार भारु सटहीमा बन्देज लगाइसकेका छौं,” राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, “अर्को व्यवस्था नभएसम्म भारुको विषयमा निर्णय हुँदैन ।” उनका अनुसार आरबीआईसँग छलफल गरेपछि मात्र नेपालमा रहेका ५ सय र १ हजार रुपैयाँ दरका भारु खिच्ने वा अन्य व्यवस्था हुनेछ ।  “अहिले नै यसै हुन्छ भन्ने अवस्था छैन । “आरबीआईसँग कुरा भएपछि यस विषयमा निर्णय हुन्छ, आफूसँग भएको भारु राख्नुको विकल्प छैन अहिले,” पौडेलले थपे ।
दुई देशको सीमा क्षेत्र र काठमाडौं उपत्यकालगायत प्रमुख व्यापारिक केन्द्रमा भारु कारोबार हुने गरेको छ । यसले गर्दा व्यापारीमा पनि अन्योल देखिएको छ । भारतले बुधबार सबै बैंकहरू बन्द गरेको छ भने बिहीबारसम्म एटीएम पनि बन्द हुनेछन् । 
नेपालमा चालू आर्थिक वर्षको भदौसम्ममा नेपाल राष्ट्र बैंकले ६४ करोड अमेरिकी डलर बेचेर ४२ अर्ब ८३ करोड भारु खरिद गरेको थियो । असोजको विवरण आउन बाँकी रहेकाले भारु सञ्चित योभन्दा बढी छ । नेपालमा १ हजार र ५ सय भारु भारतसँग मात्र कारोबार हुने भएपछि नेपाल राष्ट्र बैंकले त्यहाँको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) लाई डलर बेचेर भारु खरिद गर्दै आएको थियो । नेपालको कुल व्यापारको ६५ प्रतिशतभन्दा बढी भारतसँग छ । बैंकका अतिरिक्त व्यक्तिसँग पनि धेरै भारु सञ्चित रहेको अनुमान छ । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro