खेल
काठमाडौं । रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत मंगलबार भएका खेलमा कौसलटारको इम्पेरियल फुटसल र पकनाजोलको कुमारी फुटसलले हासिल गरेका गरेका छन् ।
कौसलटारस्थित इम्पेरियल फुटसलको होम ग्राउन्डमा भएको खेलमा इम्पेरियलले अवे टिम आदर्श फुटसललाई ६–५ गोल अन्तरले पराजित गरेको छ । इम्पेरियल फुटसललाई जिताउन कृष्ण अधिकारीले ह्याट्रिक पूरा गरे भने सुमेरु थापाले २ र बालकृष्ण केसीले १ गोल गरे । आदर्श फुटसल नैकापका लागि समिर कार्की र डेनियल श्रेष्ठले २÷२ गोल गरे भने उत्सव रानाले एक गोल फर्काए । यस खेलको म्यान अफ द म्याच इम्पेरियलका कृष्ण अधिकारी भए ।
त्यसैगरी अर्को खेलमा पकनाजोलको कुमारी फुटसलल बीजी ब्रदर्श फुटसललाई ५–४ गोल अन्तरले पराजित गरेको छ । पेप्सीकोलास्थित बीजी ब्रदर्शको होम ग्राउन्डमा भएको खेलमा कुमारीलाई जिताउन अभिषेक रिजाल एक्लैले ५ गोल गरे । पराजित बीजी ब्रदर्शका लागि आकाश लामाले २ गोल गरे भने प्रकाश थापा मगर र रवि तामाङले १÷१ गोल फर्काए ।
लिगमा ५ खेल खेलेको इम्पेरियलले ७ अंक जोडेको छ भने आदर्श फुटसलले ५ खेलबाट अहिलेसम्म १ अंक मात्र जोड्न सकेको छ । इम्पेरियलले २ जित, एक बराबर र २ हार बेहोरेको छ भने आदर्शले ४ खेलमा हार र एक खेलमा बराबरी गरेको छ ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ १८:२३
प्रतिक्रिया दिनुहोस्