विदेश
काठमाडौं । दक्षिण कोरियाका सरकारी वकिलहरुले विश्वकै बिख्यात इलेक्ट्रोनिक्स कम्पनी सामसङ इलेक्ट्रोनिक्सको कार्यलयमा छापा मारेका छन् ।
बीबीसीका हालैका दिनमा विवादकी केन्द्रको रूपमा रहेकी अनुसार राष्ट्रपति पार्क गेउन हे कि साथी चोइ सुन सीलकी छोरिलाई पैसा दिएको आरोपको छानबिनका लागि सामसङमाथि छापा मारिएको हो ।
चोइ सुन सीललाई दक्षिण कोरियामा राष्ट्रपति पार्क गेउन हे संगको सम्बन्ध वा पहुँचको दुरुपयोग गरेर राजनीतिमा हस्तक्षेप तथा व्यापारिक कम्पनीहरू सँग चन्दा असुलेको आरेप लागेको छ ।
साकङले बीबीसीलाई छापामारिएको पुष्टि गरेको तर यसको बारेमा टिप्पणी गर्न भने अस्वीकार गरेको छ ।
चोइ सुन सीलसँग सम्बन्धको बारेमा पटक–पटक माफी मागेकी राष्ट्रपति पार्क गेउन हे लाई जनस्तरबाट राजिनामा गर्न ब्यापक दवाव आइरहेको छ ।
चोइ सुन सीलले राष्ट्रपति पार्क गेउन हेसँगको पहुँचको दुरुपयोग गरेर सामसङले चोइ सुन सीलकी छोरीलाई जर्मनीमा इक्वेस्ट्रन तालिम लिनका लागि २.५ मिलियन युरो चोइ सुन सील र उनकी छोरीको स्वामित्वको कम्पनीलाई तिरेको भन्ने बिषय सार्वजनिक भएको थियो ।
यसैगरि सरकारी वकिलहरूले कोरियन इक्वेस्ट्रन फेडेरेसनको कार्यलयमा पनि छापा मारेको छ । चोइ सुन सीललाई शक्तिको दुरुपयोग तथा ठगीको आरोपमा नोभेम्बर ३ मा पक्राउ गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ ११:४८
प्रतिक्रिया दिनुहोस्