विदेश
काठमाडौं । अमेरिकाको पहिलो महिला महान्यायधिवक्ता जनेट रेनोको ७८ वर्षको उमेरमा फ्लोरिडाको मियामीमा सोमबार बिहान निधन भएको बीबीसीले जनाएको छ ।
उनी पार्किन्सन रोगबाट ग्रसित थिइन् । रेनोले राष्ट्रपति विल क्लिन्टनको पालामा सन् १९९३ देखि २००१ सम्म महान्याधिवक्ताको रूपमा ८ वर्ष काम गरेकी थिइन् ।
राष्ट्रपति क्लिन्टनको विश्वासिलो क्याबिनेट सदस्य मानिने रेनो २० औं सताब्दीको लामो समय काम गर्ने महान्यायधिवक्ता हुन् । उनले पदभार ग्रहणगरेको केही समयपछि टेक्सास राज्यमा रहेको ब्रान्चो डाभिडियन नामक धामीर्क समुहको कार्यलय रहेको बाको कम्पाउण्डमा छापा मार्दा त्यसका नेता डेभिड कोरेश र उनका ८० अनुयायी मारिएका थिए ।
सन् १९९५मा पार्किन्सन रोगबाट ग्रसित भएको पत्ता लागेपछि पनि कामलाई निरन्तरता दिएकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ १०:२९
प्रतिक्रिया दिनुहोस्