site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक्सेल डेभलपमेन्ट बैंकको नाफा २ करोड ७७ लाख
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढेको छ ।
बैंकले असोजसम्ममा २ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ करोड ७३ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा बैंकले झण्डै १० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार निक्षेप परिचालन ३ अर्ब ८० करोड रुपैयाँ गरेको छ । गत असारसम्म बैंकले ३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिएको छ । 
यस्तै बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकले ३ अर्ब १९ करोड रुपैयाँ लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात साढे १ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी ३० करोड ७६ लाख रुपैयाँ छ ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro