
काठमाडौं । नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिलाई चीनको चोङकिङमा आयोजना भएको २०२५ चांगान अटोमोबाइल ओभरसिज पार्टनर कन्फिरेन्समा प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ले सम्मान गरेको छ ।
नेपालभित्र ग्राहक सेवालाई प्रत्याभूत गर्न र चिनियाँ दोस्रो ठूलो अटोमोबाइल निर्माता चांगान ब्रान्डलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न डिलरसिप नेटवर्क विकास तथा विस्तारमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै चांगानले एमएडब्लू वृद्धिलाई यो सम्मान दिइएको छ ।
दिपलले केही समयअघि नेपालमा आफ्नो पहिलो वर्ष मनाएको थियो । यो एक वर्षमा दिपलले ८०० भन्दा बढी कार बिक्री गर्नुका साथै एकसयभन्दा बढी चार्जिङ स्टेसनहरूको सञ्जाल बनाउन सफल भएको थियो । हाल नेपालमा एस०७, एस०७ एल, ई०७ र एल०७ गरी चार मोडल उपलब्ध छन् ।
चीनकै सबैभन्दा पूरानो कार निर्माता चांगानको यो सम्मानबाट एमएडब्लू वृद्धिले खुसी प्रकट गरेकाे छ । साथै, ग्राहकलाई विश्वस्तरीय उत्पादन र सेवा दिन अझ बढी प्रतिबद्ध बनेको छ । एमएडब्लू वृद्धिलाई चांगानले यसअघि दीर्घकालीन उर्जा तथा वातावरणमैत्री यातायातको विकास गरेको भन्दै सांग्रिला न्यु इनर्जी डेभलपमेन्ट अवार्ड दिएको थियो ।
नेपाली बजारले विशेषतः डिजाइन र प्रविधिका कारण दिपलका ईभीहरूलाई रुचाएको हो । अटोमोबाइल डिजाइनको हब भनेर चिनिने इटालीको टुरिनमा डिजाइन भएको दिपल ईभीमा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयूडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरू छन् जसका कारण सार्वजनिक भएको एक वर्षमै यो सफल ब्रान्ड बनेको छ ।