site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा महानगरका नगरप्रहरीलाई 'वाकिटकी'

काठमाडौं । पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई जीएसएमबाट चल्ने १० वटा पीओसी वाकिटकी उपलब्ध गराइएको छ । पोखरा महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले प्रक्रियापछि वाकिटकी उपलब्ध गराएको हो ।

वाकिटकीको उपलब्धतासँगै सञ्चारमा ठूलो सहयोग पुगेको पोखरा  महानगरका नगरप्रहरी पुरुषोत्तम थापामगरले बताए । “हाम्रो अधिकांश काम फिल्डमै हुन्छ, त्यसका लागि पहिले मोबाइल लगायतको भर पर्नुपर्ने अवस्था थियो, केही दिनअघि वाकिटकी आएपछि कुराकानी गर्न, निर्देशन दिन र काम गर्न सहज भएको छ,” उनले भने ।

उनका अनुसार, वाकिटकीको प्रयोगमार्फत सुरक्षा व्यवस्थापनमा थप सहयोग पुगेको छ । नेपाल टेलिकमको नेटवर्कबाट चल्ने भएकाले दुरीको  हिसाबले पनि कुनै समस्या नभएको उनले बताए ।

पीओसी वाकिटकी मुख्य कार्यालयमा राखिने कन्टेल सफ्टवेयरबाट सामूहिक तथा व्यक्तिगत रूपमा कुराकानी गर्न, कुराकानीलाई रेकर्डमा राख्न र सुन्न, जीपीएस लोकेसन ट्रयाकिङ गर्नका साथै केन्द्रबाटै नियन्त्रण गर्नका लागि सहज भएको छ । यसले नगरप्रहरीको कामलाई सहज बनाएको उनको भनाइ छ ।

एबेल ब्रान्डको पीओएस वाकिटकीको आधिकारिक बिक्री वितरक डिकेड इन्टरनेशलनले नेपाल दूरसञ्चार प्राधिकरणबाट टाइप अप्रुभल प्रमाणपत्र प्राप्त गरी नेपाल टेलिकम तथा एनसेलको आईओटी सिम प्रयोग गरी सञ्चारसेवा दिइरहेको छ । साथै, प्रत्येक आइएमइआई नम्बर नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रमाणित गरिने आइटेल नेटवर्कका निर्देशक बिनु भण्डारीले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro