site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफामा सुधार, दुई बैंकले लाभांश बाँड्न नपाउने
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफामा सुधार देखिएको छ । गत आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तसम्म ऋणात्मक भएको बैंकहरूको वितरणयोग्य मुनाफा यो वर्ष भने बढेको छ ।

बैंकहरूले प्रकाशन गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष ०८०/८१ को तेस्रो त्रैमाससम्म यस्तो मुनाफा १० अर्ब २३ करोड रुपैयाँले ऋणात्मक थियो ।

चालु वर्षमा खराब कर्जा बढेको भए पनि राष्ट्र बैंकको खुकुलो नीतिका कारण वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफा बढ्न पुगेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षामार्फत कर्जा नोक्सानी व्यवस्थालाई १.१० प्रतिशतबाट घटाएर एक प्रतिशत कायम गर्न सक्ने व्यवस्था गरिदिएको थियो । सोही व्यवस्थाका कारण बैंकहरूको नाफा र वितरणयोग्य मुनाफामा सुधार देखिएको हो ।  

यो वर्षको त्रैमाससम्म राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, एनआईसी एसिया, कुमारी र हिमालयन बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ । गत आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तसम्म १० वटा वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफा ऋणात्मक थियो । गत वर्षको चैत मसान्तसम्म वितरणयोग्य मुनाफा ऋणात्मक हुने हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी र एनआईसी एसिया बैंकको वितरणयोग्य मुनाफा घाटा झन् बढेको छ ।

गत वर्ष वितरणयोग्य मुनाफा ऋणात्मक भएका सिद्धार्थ, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि, नेपाल र लक्ष्मी सन्राइज बैंकले भने यो वर्षको तेस्रो त्रैमाससम्म सुधार गरेका छन् ।

तर, समग्रमा वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दै गएको छ । गत आर्थिक वर्ष ०८०/८१ को तेस्रो त्रैमासको तुलनामा यो आर्थिक वर्षमा खराब कर्जा १.१८ प्रतिशत विन्दुले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को चैतसम्म वाणिज्य बैंकको खराब कर्जा ३.६५ प्रतिशत थियो । तर, चालु वर्ष ०८१/८२ को चैत मसान्तसम्म खराब कर्जा बढेर ४.८३ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंककै नीतिका कारण वाणिज्य बैंकको नाफामा केही सुधार देखिएको भए पनि कतिपय बैंकहरूले प्राथमिक पुँजीकोष नपुर्‍याउँदा लाभांश वितरण गर्न नपाउने अवस्थामा छन् ।

हिमालयन बैंक र कुमारी बैंकले प्राथमिक पुँजीकोष दबाबकै कारण लगानीकर्तालाई लाभांश बाँड्न सक्दैनन् ।

तेस्रो त्रैमाससम्म कुमारी बैंकको प्राथमिक पुँजीकोष सीमाभन्दा तल छ । यो बैंकको न्यूनतम पुँजीकोष अनुपात ७.३१ प्रतिशत छ । त्यस्तै, हिमालयन बैंकको प्राथमिक पुँजीकोष आठ प्रतिशत छ । राष्ट्र बैंकले जारी गरेको ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार बैंकहरूको न्यूनतम पुँजी कोष अनुपात ८.५ प्रतिशत हुनुपर्छ । त्यस्तै, २.५ प्रतिशत क्यापिटल कन्जरभेसन बफर अर्थात् पूरक पुँजी हुनुपर्छ ।

न्यूनतम पुँजीकोष अनुपात र क्यापिटल कन्जरभेसन बफर गरी बैंकहरूले प्राथमिक पुँजीकोष ११ प्रतिशत कायम कायम गर्नुपर्छ । कुमारीको प्राथमिक पुँजीकोष ११.८२ प्रतिशत छ । त्यस्तै, हिमालयनको १०.८४ प्रतिशत छ ।

कुमारीको पूरक पुँजी र न्यूनतम पुँजी कोष गरी सीमाभन्दामाथि देखिए पनि न्यूनतम पुँजीकोष सीमाभन्दा तल छ । त्यही कारणले पनि यो बैंकले लाभांश वितरण गर्न पाउँदैन ।

bank-distri-1745329738.png
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro