विशेष
काठमाडौं । छिमेकी भारतमा फेरि बर्डफ्लु संक्रमण देखिएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेषगरी जाडो महिनामा पन्छीमा लाग्ने बर्डफ्लु नेपाल भित्रिएर ठूलो क्षति गराउने भन्दै पशु स्वास्थ्य निर्देशनालयले सतर्कता अपनाउन आग्रह गरेको हो ।
निर्देशनालयले पशुपन्छीलाई थुनेर पाल्न, घरपालुवा पन्छीलाई जंगली चराको सम्पर्कमा आउन नदिन, पन्छी पाल्ने फार्म नियमित रूपमा निःसंक्रमण गराउन, हाँस र कुखुरा छुट्टाछुट्टै पाल्न तथा प्रयोग भइसकेको अण्डा ट्रेको प्रयोग नगर्न भनेको छ । केही वर्षअघि नेपालमा बर्डफ्लु संक्रमण फैलिएपछि कुखुरापालन व्यवसाय संकटमा परेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ १०:०५
प्रतिक्रिया दिनुहोस्