विदेश
काठमाडौं । बंगलादेशमा एउटा घरबाट प्रहरीले ४० वटा मानव खप्पर तथा हड्डी बरामद गरेको त्यहाँको न्युज एज नामक पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।
राजधानी ढाकामा रहेको एउटा घरमा प्रहरीले उक्त मानव खप्पर फेला पारेको एक मेडिकल छात्रसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले राजधानी ढाकाको एक ६ तल्ले भाडाको घरमा छापा मारी कार्टुनमा प्याक गरिएका मानव खप्पर तथा हड्डी बरामद गरेको बताएको छ ।
पक्राउ पर्नेमा नेशनल मेडिकल कलेजका चौथो वर्षका छात्र कमरुज्जमान रोनी तथा उनका दुई सहयोगी शहिन तथा रुबेल रहेको बताइएको छ ।
ति छात्रले शहर बाहिर चिहानबाट शव उत्खनन् गरी कंकाल ल्याउने गरेका र मेडिकल क्षेत्रका विद्यार्थीका लागि बेच्ने गरेको प्रहरीले दाबी गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ १६:५७
प्रतिक्रिया दिनुहोस्