site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पार्कविरुद्ध सउलमा विशाल विरोध प्रदर्शन
काठमाडौं । दक्षिण कोरियाका हजारौं जनताले राष्ट्रपति पार्क गेउ हेविरुद्ध भ्रष्टाचारको आरोपमा राजीनामा माग गर्दै राजधानी सउलमा विशाल विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रपतिलाई उनकी एक पुरानी साथी तथा धार्मिक नेताकी छोरी चोइ सुन सिलको प्रभावमा परेर काम गरेको आरोप लगाइएको छ । चोइ सुन सिलले दशौं लाख डलरको बिजनेस उनी सम्बद्ध संस्थाहरुलाई दिन राष्ट्रपतिलाई दबाब दिएको, राष्ट्रपतिका सल्लाहकार नियुक्तिमा हस्तक्षेप गरेको, राष्ट्रपतिको पोशाकसमेत छनोटमा हस्तक्षेप गरेको बताइएको छ ।
राष्ट्रपतिले यस विषयमा शुक्रबार राष्ट्रव्यापी प्रत्यक्ष टेलिभिजन प्रशारणमार्फत जनतासँग माफी मागेकी थिइन् ।
जनतालाई सम्बोधन गर्दा उनी निकै भावुक भएकी बताइएको छ । उनले आफ्नो साथीसँग सम्बन्ध राखेर गल्ति गरेको बताएकी थिइन् । उनले चोइलाई आफ्नो भाषण सम्पादन गर्न दिएको पनि स्विकारेकी थिइन् ।
चोइलाई बिहीबार पक्राउ गरिएको छ र  जालसाझी र शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro