site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कास्मिर हमलामा मृत्यु हुनेको संख्या २६ पुग्यो 

काठमाडौं । जम्मु कास्मिरको पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या २६ पुगेको छ । जसमा दुई विदेशी र बाँकी भारतीय नागरिक छन् ।

आक्रमणको जिम्मेवारी लस्कर–ए–तैयबाले लिएको छ । घटना बैसरण उपत्यकामा भएको हो । यो पहलगाम सहरबाट ६ किलोमिटर टाढा पर्छ । 

मृत्यु हुनेमा एक इटालियन, एक इजरायली पर्यटक र दुई स्थानीय नागरिकको परिचय खुलेको छ । बाँकी पर्यटक गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका हुन् ।

यो घटना मंगलबार दिउँसो २ः४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको थियो । आतंककारीहरूले सुरुमा एक पर्यटकलाई उनको नाम सोधेर उनको टाउकोमा गोली हाने । त्यसपछि उनीहरूले अन्य पर्यटकमाथि पनि गोली चलाउँदै गए ।

घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । घटनापछि, सुरक्षा बलले आक्रमण भएको पहलगाम क्षेत्रलाई घेराबन्दी गरेको छ । दैनिक भास्कर

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्