site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्मिरमा लस्कर–ए–तैयबाको आक्रमण, २० भन्दा बढी पर्यटकको मृत्यु 

काठमाडौं । जम्मु कास्मिरको पहलगाममा पर्यटकमाथि आतंकवादी आक्रमण भएको छ । बन्दुकधारीहरूले पर्यटकमाथि गोली चलाउँदा २० भन्दा बढीको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी लस्कर–ए–तैयबाले लिएको छ ।

कास्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई हालैका वर्षहरूमा सर्वसाधारणलाई लक्षित गरी गरिएको सबैभन्दा ठूलो आक्रमण भएके बताएका छन् । आक्रमणमा धेरैजना घाइते भएका छन् । बीबीसी संवाददाता मजिद जहाँगिरका अनुसार केही घाइतेलाई अनन्तनागको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ ।  

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् र आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई नछाडिने चेतावनी दिएका छन् । जम्मु कास्मिरकी स्वास्थ्यमन्त्री सकिना इटुले केही घाइतेलाई अनन्तनाग मेडिकल कलेजमा भर्ना गरिएको जानकारी दिएकी छिन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ भने तीनजनाको अवस्था स्थिर छ। 

दैनिक भास्करका अनुसार मृत्यु हुनेमा एक इटालियन, एक इजरायली पर्यटक र दुई स्थानीय नागरिकको परिचय खुलेको छ । बाँकी पर्यटक गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका हुन् ।

यो घटना मंगलबार दिउँसो २ः४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको थियो । आतंककारीहरूले सुरुमा एक पर्यटकलाई उनको नाम सोधेर उनको टाउकोमा गोली हाने । त्यसपछि उनीहरूले अन्य पर्यटकमाथि पनि गोली चलाउँदै गए ।

घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । घटनापछि, सुरक्षा बलले आक्रमण भएको पहलगाम क्षेत्रलाई घेराबन्दी गरेको छ । हेलिकोप्टरबाट पनि निगरानी भइरहेको जनाइएको छ । भारतीयसञ्चारमाध्यमको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro