site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा टीभी च्यानलमाथिको प्रतिबन्ध : संकटकालको पुनरावृत्ति
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत सरकारले हालै त्यहाँको एक टेलिभिजन च्यानललाई एक दिनको लागि ‘अफएयर’ गर्न दिएको आदेशको सर्वत्र आलोचना भएको छ । 
भारतको सूचना प्रसारण मन्त्रालयले गत बिहीबार हिन्दी च्यानल एनडिटिभी इन्डियालाई यसै वर्ष जनवरी २ मा भारतको पश्चिमी सैन्य कमाण्डअन्तर्गतको पठानकोटस्थित एयर फोर्स स्टेसनमा भएको आतंककारी हमलाका विषयमा उक्त टीभी च्यानलले सामरिक हिसाबले संवेदनशील सूचना प्रसारण गरेको भन्दै यस्तो आदेश दिएको बताइएको छ ।
भारतको सूचना प्रसारण मन्त्रालयले एनडीटिभी इन्डियाकोे सो घटनाको समाचार कभरेजको छानबिनका लागि एक उच्चस्तरीय अन्तरमन्त्रालय आयोग गठन गरेको थियो । उक्त आयोगले समाचार कभरेजमाथि आपत्ति जनाएर एक दिनको लागि अफएयर गर्ने सिफारिस सरकारलाई गरेको थियो ।
आयोगको सिफारिसका आधारमा सरकारले नोभेम्बर ९ का दिन च्यानल २४ घण्टा अफएयर गर्न एनडीटीभी इन्डियालाई पत्र काटेको छ, जसको भारतमा सर्वत्र निन्दा भएको छ ।
एनडीटिभी इन्डियाले एक विज्ञप्ति जारी गर्दै उसको कभरेज सन्तुलित रहेको र आफ्नो च्यानलप्रति बिनाकारण निशाना बनाएको बताएको छ । एनडीटीभी इन्डियाले पठानकोट हमलापछि उसको टीभी च्यानल र अन्य च्यानलहरूको समाचार कभरेजमा खासै भिन्नता नरहेको पनि दाबी गरेको छ ।
उक्त च्यानलले आफूले दिएका जानकारीहरू कुनै नयाँ नभएर अन्य पत्रपत्रिका तथा पब्लिक डोमेनमा आइसकेका तथ्य भएको पनि स्पष्ट पारेको छ ।
उक्त च्यानलले सरकारको सो निर्णयलाई तत्कालीन भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ देखि १९७७ को बीचमा देशमा लगाएको संकटकालको समयमा भएको प्रेस स्वतन्त्रतामाथिको हनन्सँग तुलना गरेको छ । 
सरकारको यो निर्णयलाई भारतको मिडिया जगतले पनि कडा बिरोध जनाएको छ । भारतका वरिष्ठ पत्रकारहरू तथा समाचार संस्थाहरूले सरकारको प्रतिबन्धको निर्णयलाई निन्दा गरेका छन् । यो घटनालाई संकटकालको समयमा प्रेसमाथिको हस्तक्षेपसँग तुलना गरेका छन् ।
भारतका पत्रपत्रिका तथा म्यागेजिनहरूका सम्पादकहरूको संगठन एडिटर्स गिल्ड अफ इन्डियाले केन्द्रीय सूचना प्रसारण मन्त्रालयको उक्त निर्णय असोचनीय भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ ।
एडिटर्स गिल्ड अफ इन्डियाले सरकारले दाबी गरेजस्तो कुनै संवेदनशील सूचना सार्वजनिक नगरेको र उसको कभरेज पनि सन्तुलित भएको बताएको छ ।
उसले एक दिनका लागि च्यानल अफएयर गर्ने निर्णय प्रेस स्वतन्त्रता र भारतीय नागरिकको स्वतन्त्रताको सिधा उल्लंघन भएको दाबी गरेको छ । यो निर्णयमार्फत सरकारले मिडियामा कडा सेन्सरसिप लाद्न खोजेको भन्दै उक्त आदेशलाई तुरुन्त फिर्ता लिन माग गरेको छ । 
त्यस्तै, भारतको प्रशारण माध्यमहरूको संस्था न्युज ब्रोडकास्टर एसोसिएसनले सरकारको उक्त निर्णयप्रति संस्थाको गहिरो ध्यानाकर्षण भएको भन्दै यसलाई तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरको छ । भारतका निजी प्रसारण माध्यमहरूको संस्थाले सबै सञ्चारमाध्यमहरूले एकै खालको समाचार प्रशारण गर्दा एनडीटीभीलाई मात्र उक्त आरोप लगाएकोप्रति आश्चर्य व्यक्त गरेको छ ।
भारतको प्रमुख प्रतिपक्ष पार्टी इन्डियन नेसनल कांग्रेसका उपाध्यक्ष राहुल गान्धीले यो प्रतिबन्धको आदेश स्तब्ध बनाउने खालको र अभूतपूर्व भएको बताएका छन् । उता, पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता बेनर्जीले पनि सरकारको आदेशले देशमा ‘इमर्जेन्सी’को जस्तो अवस्थाको झल्को दिएको बताएकी छन् ।
त्यस्तै, उत्तर प्रदेश राज्यकी पूर्व मुख्यमन्त्री मायावतीले पनि एनडीटीभी इन्डियामाथि लगाउने निर्णय लोकतन्त्रमा नसुहाउने बताएकी छन् । 
भारतको मुम्बईको २५ सयभन्दा बढी पत्रकार आबद्ध रहेको मुम्बई प्रेस क्लबले पनि सरकारी निर्णयको कडा आलेचना गरेको छ । उक्त आदेश तुरुन्त फिर्ता दिन पनि माग गरेको छ ।
त्यस्तै, भारतको जम्मू कास्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले पनि एनडीटीभी इन्डियामाथिको एक दिने प्रतिबन्ध प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव नारा ‘अच्छे दिन अब आएगें’ भनेको के यही हो ? भनेर आलोचना गरेका छन् ।
तर, यो सरकारी फैसलापछि आएको चौतर्फी आलोचनाको प्रतिवाद गर्दै राजनीतिबाट प्रेरित भएर सरकारको आलोचना भएको र एनडीटीभी इन्डियामाथि लगाएको प्रतिबन्ध न्यायसंगत भएको केन्द्रीय सूचना प्रसारण मन्त्री वैंकैया नायडूले दाबी गरेका छन् । उनले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै यो कदम उठाएको पनि बताएका छन् । 
यसअघि भारतको केन्द्रीय सूचना प्रसारण मन्त्रालयले केबल टीभी नेटवर्क (नियमन) कानुनअन्तर्गतको प्रावधानअनुसार भएको बताएको छ । “भारतभर सम्पूर्ण माध्यममार्फत एनडीटीभी इन्डियाको एक दिनको प्रसारण तथा पुनः प्रसारणमाथि रोक लगाउने आदेश दिइएको छ । यो आदेश ९ नोबेम्बर, २०१६ राति १२ बजेदेखि १० नोबेम्बर राति १२ बजेसम्म लागु हुनेछ” सूचना प्रसारण मन्त्रालयको विज्ञप्तिमा भनिएको थियो ।
यसैगरी भारतको सूचना प्रसारण मन्त्रालयले आसाम राज्यको टेलिभिजन च्यानल न्युज टाइम आसामलाई पनि २४ घण्टा अफ एयर गर्ने आदेश दिएको छ ।
उक्त च्यानललाई एक घरेलु कामदार बालिकाले पाएको यातनाको विषयको समाचार प्रशारण गर्दा ती बालिकाको परिचय खुलाएको आरोप लगाइएको बताइएको छ ।
(पीटीआई, दि टाइम्स अफ इन्डिया, एनडिटिभी अनलाइन, नवभारत टाइम्स, द दिन्दू र दि इन्डियन एक्सप्रेसको सहयोगमा)
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro