site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्प र हिलारीको एक अर्कामा ‘अन्तिम हमला’
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । अमेरिकामा राष्ट्रपति पदको चुनावी प्रचार अन्तिम दौरानमा आइपुगेको छ ।
डेमोक्रेटिक तथा रिपब्लिकन पार्टीको उमेदवारहरू मतदातालाई रिझाउने कोही कसर बाँकी नराखेको बीबीसीले जनाएको छ ।
तथापी हिलारी क्लिन्टन उनकोे प्रतिद्वन्द्वी डोनल्ड ट्रम्प माथि केही अग्रता हासिल गरिरहेकी मत सर्बेक्षणहरुले देखाएका छन् ।
गते हप्ता जब अमेरिकी जाँच संस्था एफबीआईले हिलारी क्लिन्टनको ईमेल जाँच फेरी सुरू गर्ने निर्णय सार्वजनिक भएपछि क्लिन्टनको अग्रतामा तल झरेको बताइएको थियो ।
केही दिन अघिमात्र एक मत सर्बेक्षणले डोनल्ड ट्रम्पले क्लिन्टनसंग एक अंकको अग्रता लिएको सर्बाजनिक भएको थियो । तर पछिल्लो एक सर्वेक्षणले हिलारीले ट्रम्पमाथि तीन अंकको अग्रता लिएको देखाएको छ ।
सर्वेक्षणका अनुसार हिलारीलाई ४७  प्रतिशत र डोनल्ड ट्रम्पलाई ४४ प्रतिशत मतदाताको सर्मथन प्राप्त छ ।
पछिल्ला दिनमा दुवै उमेदवारहरु अहम मानिएका राज्यहरूमा केन्द्रित भएर लगातार चुनावी सभाहरू गरिरहेका छन् । जसमा पेन्सिलभेनिया, ओहायो, मिशिगन, न्यूह्याप्सेयर रहेका छन् ।
दुबै उमेदवारहरुको रणनिती अनिर्णीत मतदाताहरूलाई आफ्नो पक्षमा तान्ने रहेको छ । जसका लागि दुवै उमेदवारहरू आफनो चुनावी सभामा एक अर्काका ‘कमजोरी’ लाई उजागर गर्नमा सक्रिय छन् ।
हिलारी क्लिन्टनले पीट्सबर्गमा आयोजित एक सभामा ट्रम्पको बारेमा मतदातलाई सचेत हुन आग्रह गरिन ।
उनले भनिन्, “बिचार गर्नुहोस् ट्रम्प महिलालाई अपमान गर्छन्,  मजदुरलाई घृणा गर्छन्, आप्रवासी, मुसलमानको बारेमा अपमानजनक कुरा गर्छन् भने यस्ता व्यक्तिले वाशिङगटनमा राष्ट्रपतिको रुपमा शपथ लिँदै गर्दा के होला । उनी सबैलाई जोड्नु सट्टा मानिसलाई फुटाउने काम गर्छन् । बिचार गर्नुहोस सानो कुरामा भड्कीने यस्ता व्यक्तिको हातमा परमाणु बमको कोड हात पर्दा के होला ?”
उता डोनल्ड ट्रम्पले पनि हिलारी क्लिन्टनको ‘कमजोरी’ को चर्चा गर्दै थाकेका छैनन् ।
न्यू ह्याम्पसेयरमा आयोजित एक सभालाई सम्बोन गर्दै डोनल्ड ट्रम्पले भने, “हिलेरी क्लिन्टनको बिरुद्ध धेरै आपराधिक मामलाहरुमा एफबीआईले जाँच गरिरहेको छ । जसमा छ लाख ५० हजार इमेलको पनि मुद्दा संलग्न छ । साथै उनी विदेश मन्त्री पदमा हुँदाका विषय पनि त्यसमा सामेल छन् । हिलारी क्लिन्टनले सबै इमेल विदेश मन्त्रालयलाई सुम्पेको भनेर संसद समक्ष झुठो बोलेकी थिइन्
। के हामी जसको बिरुद्ध आपराधिक मुद्दा चलीरहेको छ अब यस्तो व्यक्तिलाई राष्ट्रपति बनाउन गइरहेका छौं ?”
उता हिलारी क्लिन्टन खेमामा एफबीआईले चुनावको दिनको केवल एक हप्तामात्रै रहेका बेला इमेल प्रकरणको जाँच सुरू गर्ने घोषणप्रति निक्कै आक्रोष रहेको छ ।
अमेरिकी मिडियामा केही एफबीआईका सुत्रहरुलाई उद्धृत गर्दै  जाँच भइरहेको क्लिन्टनको निजी ईमेल सर्भर विदेशी ह्याकर ले ह्याक गरेको भन्ने जानकारी प्रकासित भएका छन् । तर यसको पुष्टि भएको छैन ।
हिलारी क्लिन्टनको पक्षमा बिभिन्न चुनावी सभाहरूमा अमेरिकी राष्ट्रपति बराक ओबामा र उप राष्ट्रपति जो बाइडेन पनि खटिरहेका छन् ।
तर तिब्र प्रतिस्पर्धा भएको यस चुनावमा दुई उमेदवारहरू मध्ये कसको निर्णायक अग्रता रहेको छ भन्ने बताउन भने निक्कै कठिन रहेको बताइएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro