site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा अग्रिम मतदानमा कीर्तिमान कायम
काठमाडौं ।  अमेरिकामा अग्रिम मतदानमा कीर्तिमान कायम भएको छ । यो वर्ष ३ करोड ५० लाख अमेरिकीले मतदान गरिसकेको समाचार संस्था पीटीआईले जनाएको छ । साथै मतदान गर्ने समय बाँकी भएकाले यो संख्या अझै बढ्ने छ । अमेरिकी पत्रिका दी वाल स्ट्रिट जर्नलले शुक्रबार सम्ममा ३ करोड ७० लाखले मतदान गरेसकेको बताएको छ । सन् २०१२ जम्मा ३ करोड २३ लाख ले मात्र अग्रिम मतादन गरेको थिए । यो संख्या सन् २००८ मा २९.७ प्रतिशत थियो ।
 टेक्सास राज्यमा अग्रिम मतदान गर्नेको संख्या २०१२ को तुलनामा ३६ प्रतिशतले  बढेको बताइएको छ ।
मतदाताहरूले दुवै उम्मेदवारको बारेमा राम्रोसँग जानकारी पाइसकेको हुनाले र पहिले नै कसलाई मत हाल्ने भनेर निर्णयमा पुगिसकेको हुनाले पनि अग्रिम मतदानमा मानिसहरूको संख्या बढेको हुन सक्ने बताइएको छ ।
समाचार संस्था एपीका अनुसार जर्जिया, इन्डियाना ओरेगनमा कीर्तिमानी अग्रिम मतदान भएको छ भने मेरिल्याण्ड, मिनिसोटा तथा टेनिसी लगायतका राज्यहरूमा पनि २०१२ को तुलनामा निक्कै धेरै मतदान भएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro