site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
बाँके । नेपालगञ्जमा डेङ्गु र स्क्रब्स टाइफस रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । 
नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ७० जनाभन्दा बढी स्क्रब्स टाइफस र डेङ्गुका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ । 
नेपालगञ्ज शिक्षण अस्पतालमा सबैभन्दा बढी डेङ्गु र स्क्रब्स टाइफस रोगका बिरामी आएका हुन् । अस्पतालका निर्देशक डा। एम किदवाईका अनुसार हालसम्म अस्पतालमा पुगेका बिरामीमध्ये ५० जनामा स्क्रब्स टाइफस रोग र आठ जनामा डेङ्गु भेटिएको छ । 
तीमध्ये अधिकांशलाई उपचार गरेर घर पठाइसकिएको, केहीलाई भारतको लखनउ र काठमाडौँ पठाउन सिफारिस गरिएको तथा अझैं केहीको उपचार भइरहेको निर्देशक डा। किदवाईले जानकारी दिए । 
डेङ्गु र स्क्रब्स टाइफस रोग लागेर अस्पतालमा भर्ना भएका बिरामीमध्ये अधिकांश बर्दिया जिल्लाबाट आएका छन् भने बाँकी कैलाली, सुर्खेत, दाङ, रुकुम, सल्यान र बाँकेका बिरामी रहेको अस्पताल प्रशासनले जनाएको छ । 
भेरी अञ्चल अस्पतालमा पनि डेङ्गुका दुई जना र स्क्रब्स टाइफस रोगका १० जना बिरामी आएको अस्पतालले जनाएको छ । 
भेरी अञ्चल अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवका अनुसार एक जना नेपालगञ्जका र एक जना दाङका बिरामीमा डेङ्गु देखिएकोमा उनीहरुको उपचार भइरहेको तथा स्क्रब्स टाइफस रोगका १० भन्दा बढी बिरामी भर्ना रहेको बताए। 
उनका अनुसार डेङ्गुु परीक्षणका लागि किटको अभाव भएकाले मन्त्रालय र विभागमा माग गरिएको जनाउँदै डेङ्गुु बढ्ने सङ्केत देखिएकाले समयमै सबै सचेत हुनुपर्ने सुझाव दिइएको छ । 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७३  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro