site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त ६० मेगावाटको त्रिशुली–३ ए जलविद्युत आयोजनाको पहुँचमार्ग नेपाली सेनाले निर्माण गर्ने भएको छ ।
०७२ वैशाख १२ गतेको भूकम्पले आयोजनास्थल पुग्ने ५ किलोमिटर लामो पहुँचमार्गमा क्षती पुर्याएपछि सरकारले उक्त सडक निर्माणको जिम्मेबारी सेनालाई दिएको हो । भूकम्पले पहुँचमार्ग ध्वस्त बनाएपछि आयोजनाको काम सुचारु हुन सकेको छैन् । आयोजनाको पहुँचमार्ग खोल्नका लागि पहिरो व्यवस्थापन र सडक निर्माणका लागि ६१ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भूकम्पले ठूलो पहिरो गई आयोजनाको विभिन्न संरचनामा भएको क्षतिको लागत विश्लेषण गर्न प्राधिकरणको सञ्चालक समितिले गठन गरेको स्वतन्त्र विज्ञ समूहको अध्ययन प्रतिवेदनका आधारमा सडक निर्माणका लागि थप बजेट मागिएको छ ।  
आयोजना स्थलसम्म पुग्न पहँुच सडक निर्माण र पहिरो व्यवस्थापन गर्न लाग्ने थप लगानी विद्युत् प्राधिकरणले गर्नुपर्ने विज्ञ समूहले बताएको छ । यस्तै त्रिशुली ३ ए आयोजनाको परामर्शदता नर्थवेस्ट हाइड्रो कर्पोरेशनको पनि म्याद थपिएको छ । कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा यसको लागत अझै बढ्ने भएको छ । त्यसबेला आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको थियो । आयोजना डेढ वर्षदेखि बन्द रहेकाले परामर्शदताले मूल्यांकन गरेपछि मात्र थप लागत आउने छ । पहिरोले ध्वस्त बनाएको ५ किलोमिटर सडक संरचना निर्माण गरेर अघि बढनु पर्नेछ । 
निर्धारित समयमा पनि आयोजनाको काम सम्पन्न नभएपछि  ठेकेदार गेजुवाले चार वर्ष म्याद थपको प्रस्ताव गरिसकेको छ । गेजुवाले एक वर्ष मर्मत र तीन वर्ष आयोजाको बाँकी काम सम्पन्न गर्न समय मागेको छ । उसको म्याद थपको विषयमा प्राधिकरणले निर्णय भने गरेको छैन । आयोजनाको ऋण म्याद ५ वर्ष थप गर्न नेपालले चाइना निर्यात–आयात (एक्जिम) बैंकलाई पुनः अनुरोध गरिसकेको छ । यता एक्जिम बैंकले आयोजना सम्पन्न नहुँदै भदौदेखि ऋण परिपक्व भएको भन्दै ऋणको व्याज लाग्ने भन्दै सरकारलाई पत्राचार गरेको छ । एक्जिम बैंकले कर्जा अवधि थप्नका लागि कागजात मागिरहेको आयोजना प्रमुख फडिन्द्र जोशीले जानकारी दिए ।
०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुने गरी आयोजनाको म्याद दोस्रो पटक थप भएको थियो । हालसम्म ५ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ । सन् २०११ म ३५ महिनामा काम सम्पन्न गर्ने गरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । पछि २६ महिना म्याद थपेर ०७३ असार १५ मा सम्पन्न गर्ने अर्को कार्यतालिका तयार गरिएको थियो । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro