site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक अवस्था सकारात्मक: राष्ट्र बैंक
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । केही आर्थिक सूचकहरु कमजोर रहेपनि चालु आर्थिक वर्षमा समग्र देशको आर्थिक अवस्था सकारात्मक रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो दुई महिनाको आर्थिक परिदृश्य सार्वजनिक गर्दै शोधनान्तर वचत घाटा, मूल्यवृद्धिको चाप, व्यापार घाटामा उल्लेख्य वृिद्ध, रेमिट्यान्स आप्रवाह वृद्धिमा कमी र विदेशी मुद्रा संचिती घट्नु जस्ता सूचक कमजोर देखिएको छ । कृषि उत्पादन बढ्ने, औद्योगिक उत्पादनमा विस्तार, पर्यटन क्षेत्रमा सकरात्मक प्रभाव र विकास खर्चमा आएको सामान्य सुधारले चालु आवको दुई महिनामा देशको आर्थिक अवस्था सकरात्मक छ ।
धेरैजसो भू–भागमा पर्याप्त वर्षा हुनुको साथै कृषिजन्य सामग्रीको वितरण सहज भएकाले वर्षे बालीहरुको उत्पादन गत वर्षको तुलनामा उल्लेख्य वृद्धि हुने राष्ट्र बैंकको अनुमान छ । उर्जा एवम अन्य कच्चा पदार्थको आपूर्ति गत वर्षको सोही अवधिको तुलनामा सुधार आएकोले उद्योगको क्षमता उपयोग विस्तार भएको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै होटलको अकुपेन्सी दरमा सुधार आएकोले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव देखिएको, विकास खर्चमा केही विस्तार आएको, औद्योगिक उत्पादनले गति लिन थालेको र कृषि क्षेत्रतर्फ वर्षे बालीहरुको उत्पादन उत्साहजनक हुने देखिएकोले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव देखिएको राष्ट्र बैंकको दाबी छ  ।
यता केही सूचक चालु आवको दुई महिनाको अवधिमा व्यापार घाटा १ खर्ब ३५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । कुल व्यापारमा निकासी ८.१ र आयातको हिस्सा ९१.९ प्रतिशत छ । यस्तै चालु आवमा रेमिट्यान्स आप्रवाह वृद्धिदर साढे ६ प्रतिशतमा सिमित भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या घट्न थालेपछि रेमिट्यान्स आप्रवाहमा गिरावट आउन थालेको हो । यस्तै २ महिनामा १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ बराबरको आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको दुई महिनामा ३८ अर्ब ४८ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा व्यापार घाटा, विदेशी लगानीको लाभांश भुक्तानी उल्लेख्य रुपमा बढेको तथा वैदेशिक अनुदान घटेको कारण शोधनान्तर घाटामा छ । अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ अर्ब ८८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ३ अर्ब ५० करोडले घाटामा छ ।
यस्तै विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको १० खर्ब ३९ अर्ब २१ करोड रुपैयाँबाट ०.६ प्रतिशतले कमी आई गत भदौ मसान्तमा १० खर्ब ३२ अर्ब ७० करोडमा सिमित भएको छ । 
समीक्षा अवधिमा बैंकको ऋण लगानी साढे १ प्रतिशत र कर्जा लगानी साढे ३ प्रतिशत वृद्धि भएको छ । निक्षेप परिचालनको तुलनामा कर्जा लगानी बढेपछि बजारमा  लगानीयोग्य पुँजी (तरलता) कमी आएको छ । मूल्यवृद्धि दर ७.९ प्रतिशत रहेको छ । 
सरकारले चालु आवमा साढे ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने महत्वकांक्षी योजना लिएको छ । विकास साझेदारहरुले नेपालको आर्थिक वृद्धि दर औसत ५ प्रतिशत हाहारीमा हुने प्रक्षेपण गरेका छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro