site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । साधारणतया मानिसले केही गल्ती गर्योभने कर्मको फल भोग्नु पर्छ भनिन्छ । अर्थात जसले जस्तो काम गर्छ उसले त्यस्तै फल पाउँछ भनिन्छ । कतिपय मान्छे यो जन्मको फल अर्को जन्ममा पाइन्छ भनेर पनि डराउँछन् भने कोही भने जे सुकै गर्न पनि डराउँदैनन् । तर, द टाइम्स अफ इनिडयाले केही यस्ता उदाहरण दिएको छ जस्मा राम्रो वा नराम्रो कर्मको फल तुरुन्तै देखिएको छ । 
बलात्कार मार्फत एड्सलाई निमन्त्रणा
रिचर्ड थोमस नामक एक व्यक्तिले आफूले चिनेको एक महिलालाई जबर्जस्ती  यौन सम्पर्क राखे । यौन सम्पर्कपछि उनलाई थाहा भयो ति महिलालाई प्राणघातक एड्स भएको । ति महिलालाई कुनै रोग थियो भन्ने बलात्कारीलाई थाहा थियो तर ति महिलाको कमजोरीको फाइदा उठाएर जब उसले जबर्जस्ती यौन सम्पर्क स्थापित गरे तबमात्र एड्स भएको थाहा भयो ।
मोबाइल चोर बसको पांग्रामुनी
कोलोम्बिया भन्ने देशमा सन् २०१३ मा एक जना व्यक्तिले एक महिलाको फोन बस स्टपमा थुत्यो । फोन खोसेर भाग्ने क्रममा त्यो व्यक्तिलाई बसले किच्यो र उसको मृत्यु भयो ।
सुकुम्बासीले फर्काए हिराको औंठी, उनको बन्यो घर
नराम्रो कर्मको फल मात्रै तुरुन्तै पाइने होइन, राम्रो कर्म गर्नेले पनि पुरस्कार पाएका अनेक घटना छन् । अमेरिकाको क्यान्सस् शहरमा एउटा बिली रे ह्यारिस भन्ने घर नभएको माग्ने व्यक्तिले एक महिलाको स्वयंवरको औंठी फिर्ता गरिदिए । ति महिलाले कुनै कारणले उक्त औंठी हराएकी थिइन् तर तिनलाई थाहा भएन । धन्न बिलीले त्यो औठी खसेको देखे र महिलालाई फिर्ता गरिदिए । ति महिला र उनको हुनेवाला श्रीमान्ले यो कुरा सामाजिक सञ्जालमार्फत प्रचार गरे । उक्त  सुकुम्बासीले नेपाली करिब ४ लाख बराबरको हिराको औंठी फिर्ता गरेको थियो तर उसको इमान्दारीलाई यति धेरै मान्छेले प्रशंसा र आर्थिक सहयोग गरेकी उनले करिब रु. दुई करोड बराबर सहयोग पाए । जुन पैसाले उनले सजिलै घर किन्न सके । 
जोसँग निहुँ खोज्यो उही अन्तर्वार्ताकार
म्याट बकल्यान्ड भन्ने व्यक्तिसँग एक युवक अचानक ठोक्किए । त्यो युवकले ठोक्किएको रिसमा प्याटलाई भन्नु न भन्नु भने र एकातिर लम्के । तर केही छिनमै त्यो  युवक म्याटकै अफिसमा अन्तर्वार्ता दिन आइपुगे । बिचरा केटोले के जागिर पायो पाउनु, उल्टै लाजले भुतुक्कै भयो । 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro